भागरथी भट्टको हत्या गरेको अभियोगमा पक्राउ परेका दिनेश भट्टले भागरथीका परिवारसँग पनि आफूले नै हत्या गरेको कुरा बताएका छन्। अभियुक्त नातामा भागरथीका भाइ दोगडाकेदार गाउँपालिका–७ कै छिमेकी दिनेश भट्टले भागरथीको हत्या गरेको कुरा साँचो भएको परिवारलाई बताएका हुन् ।
दिनेशले हत्या गरेको कुरामा विश्वास गर्न सकिने ठोस प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै शव बुझ्न अस्वीकार गरेपछि प्रहरीले परिवारका सदस्यलाई उनीसँग एक्लाएक्लै भेटाएर कुराकानी गर्न लगाएको हो। सोही क्रममा उनले भागरथीको हत्या गरेको बताएको अभियुक्त र मृतकका काका समेत रहेका शिवराज भट्टले बताएका छन् ।
उसलाई एकान्तमा एक्लै भेटेर कुनै दबाब र प्रभाव देखाइएको छ किरु यदी त्यस्तो छ भने न्यायको लागि लड्छौँ भन्दा आफूले नै भागरथी दिदीको हत्या गरेका हुँ भनेको मृतकका काका शिवराजले बताएका छन् । दिदीको हत्या गरेर गल्ती गरेको समेत उनले बताएका छन्। तर प्रहरीलाई दिएको बयान जस्तै उनले बलात्कारपछि हत्या गरेको कुरा भने परिवारसँग पनि अस्वीकार गरेका छन्।
सुरुमा बलात्कार गर्ने उद्देश्यले नै भागरथी दिदीको पिछा गरेर त्यो ठाउँमा कुरेर बसेको तर बाटोबाट लडाएर एकपटक उठेको र एक शब्दसम्म बोल्न नसकेको अवस्थामा मनमा घरपरिवारले थाहा पाउने भए भन्ने सोच आएर हातले घाँटी च्यापेर मारिदिएको उनले बताएका छन् । बलात्कार गर्न पाइन्ट खोल्दा ब्लड देखिएको कारण नगरेको उनले भनेका छन् ।
हत्यारा लुकाउने खेल हुँदै छ, शव बुझ्दैनौं: भागरथीकी आमा
यसअघि, भागरथीकी आमा द्रौपदी भट्टले भने पक्राउ गरेर सार्वजनिक गरिएका किशोर हत्यामा संलग्न भएको भन्ने कुरामा आफू विश्वस्त नभएको बताएकी थिइन् । यही कारण पनि प्रहरीले भागरथीका परिवारलाई नै दिनेशसँग बुझ्न एक्ला एक्लै भेट्न लगाएको थियो ।
५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने
भागरथी हत्यामा संलग्न भट्टलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ। भट्टविरुद्ध जबरजस्ती करणी र ज्यान मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदीले बताए।
बैतडीको दोगडाकेदार गाउँपालिककी १७ वर्षीया किशोरी भागरथी माघ २२ गते स्थानीय लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन्। अभियुक्त भट्टले आफ्नो अपराध स्वीकारेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने