युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इटालियन क्लब युभेन्ट्स पराजित भएको छ । अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा युभेन्ट्सलाई पोर्टोले २-१ गोलअन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा पोर्टोको जीतमा मेहेदी तारेमी र मोउसा मारेगाले गोल गरे । युभेन्ट्सका फेडरिको चिइसाले एक गोल फर्काए ।
खेलको पहिलो मिनेटमा नै पोर्टोले मेहेदी तारेमीको गोलमार्फत अग्रता लिएको थियो । दोस्रो हाफको पनि सुरुमै मारेगाले गोल गर्दै पोर्टोको अग्रता दोब्बर बनाए ।
८२औं मिनेटमा चिइसाले गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काउने प्रयास गरेका थिए यद्यपि त्यसपछि गोल निस्कन नसक्दा युभेन्ट्स पराजित हुन पुग्यो ।
अब यी दुई टोलीबीचको दोस्रो लेगको खेल १० मार्चमा हुनेछ । उक्त खेलमा बराबरी वा जीत निकाले पोर्टो क्वाटरफाइनलमा प्रवेश गर्नेछ । युभेन्ट्सलाई अघिल्लो चरण प्रवेश गर्न कम्तीमा १–० को जीत आवश्यक पर्नेछ ।
हालान्ड चम्कदा डर्टमुन्डको जित
युरोपेली च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बुधबार बोरुसिया डर्टमन्ड र एफसी पोर्टो विजयी भएका छन् । इर्लिङले आफ्नो उत्कृष्ट लय कायम राख्दै दुई गोल गरेपछि डर्टमन्डले सेभियालाई उसको घरमा ३–२ ले हराएको हो ।
घरेलु लिगमा खराब प्रदर्शन गरिरहेको डर्टमन्डले त्यसलाई बिर्साउने गरेर यो सफलता हात पारेको हो । अब दोस्रो लेगको खेल मार्च ९ मा जर्मन भूमिमा हुनेछ र त्यस अगाडि डर्टमन्ड अर्को चरणका लागि बलियो प्रत्यासी हुनेछ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने