बिरामी जाँच्दा डाक्टरले लिने शुल्क बढ्यो, १० वर्षको अनुभवीले ८ सय २५ लिने

बिरामी जाँच्दा डाक्टरले लिने शुल्क बढ्यो, १० वर्षको अनुभवीले ८ सय २५ लिने

doctors_

आजदेखि डाक्टरहरूले जाँच्ने शुल्क बढेको छ। पाँच वर्षसम्म अनुभव भएका एमबिबिएस गरेका डाक्टरको ३ सय ७० र पाँच वर्ष बढी अनुभवी डाक्टरको शुल्क ४ सय ५० तोकेको छ। त्यस्तै, एमडी गरी १० वर्षसम्म अनुभव भएका डाक्टरले जाँच्ने शुल्क ८ सय २५ तोकेको छ।

नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले दिने परामर्श तथा जाँच्ने शुल्क बढाएको जानकारी गराएको हो।

संघ र अफिन संयुक्त बैठक बसेर आजदेखि नै लागू हुने गरी शुल्क बढाएको हो। स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनहरूको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गते सम्झौता गरेको थियो।

सो सम्झौतामा चिकित्सकहरूको परामर्श शुल्कलाई ३० दिनभित्रमा लागू गर्ने प्रतिबद्धता जनाएको थियो। तर त्यसलाई कार्यान्वयन नहुँदा संघ र अफिनले मंगलबार बैठक बसेर नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई नै आधार मानेर नयाँ परामर्श शुल्क तोकेको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds