दाङ – नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले अहिलेको परिस्थितिमा आउँदो वैशाखमा चुनाव हुन नसक्ने बताएका छन् ।
नेपाल प्रेस युनियन दाङले मङ्गलवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वैशाखमा चुनाव हुनै नसक्ने दाबी गरे । अब वैशाखमा चुनाव हुन नसक्ने हुँदा पार्टीको प्राथमिकता महाधिवेशनमा हुनुपर्ने कोइरालाको भनाइ छ ।
पार्टीलाई एकताबद्धसँगै आउँदो चुनावमा देशको प्रमुख पार्टी बनाउनका लागि जतिसक्यो चाँडै महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको नेता कोइरालाले बताए । ‘केपी ओली सरकारले वैशाखमा चुनाव गराउन सक्दैन, चुनाव मङ्सिर–पुस महिनातिर मात्र सम्भव छ’, महामन्त्री कोइरालाले भने, ‘त्यसैले कांग्रेस नहुने चुनावको पछि लाग्नु हुँदैन बरु पार्टीको महाधिवेशनमा ध्यान दिऔँ ।’ उनले जति सक्यो चाँडै पार्टीको क्रियाशील सदस्यता टुङ्गो लगाएर महाधिवेशनमा जुट्नुपर्ने बताए ।
नेपाली कांग्रेस चुनावबाट भाग्न नसक्ने भन्दै महामन्त्री कोइरालाले चुनाव हुने अवस्था आएमा सहभागी हुने बताए । ‘अहिले चुनाव हुने अवस्था नै छैन । प्रधानमन्त्री ओलीले चुनाव गराउन चाहेकै छैनन्’, उनले भने, ‘अहिले चुनावको कुरा गरेर ओलीले अलमल्याउने काम गरिरहेका छन् । अहिलेको आवश्यकता प्रतिनिधि सभा पुनर्स्थापना हो ।’ उनले अहिलेको आवश्यकता प्रतिनिधि सभा पुनर्स्थापना भएको भन्दै अदालतको निर्णयलाई आफूहरूले स्वीकार गर्ने बताए ।
धर्मको विषयमा जनमत सङ्ग्रह हुनुपर्ने भन्दै महामन्त्री कोइरालाले कांग्रेस सरकारका गएमा यो मुद्दालाई लिएर जनमत सङ्ग्रह गराउनेसमेत बताए । ‘धर्म निरपेक्ष र सापेक्ष नभइ स्वतन्त्र हुन्छ । संविधानमा धर्मलाई निरपेक्ष भनेर उल्लेख गरिनु कमजोरी हो । यो विषयलाई जनतामाझ लिएर जानुपर्दछ’, महामन्त्री कोइरालाले भने, ‘कांग्रेसको सरकार भएमा हामी यो मुद्दालाई उठाउँछौँ ।’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने