पोखरा नदिपुरमा नवजात शिशुको टाउको र हात भेटियो

पोखरा नदिपुरमा नवजात शिशुको टाउको र हात भेटियो

baby tauko

Pic: Baghpaila News

पोखरा महानगरपालिका वडा नं. ३ नदिपुरमा मंगलबार सबेरै बच्चाको टाउको र हातको पञ्जा फेला परेको छ। बिहान साढे ५ बजेतिरको समयमा भिसीमार्ग नजिकै साइकल यात्रीले बच्चाको टाउको देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

पिच रोडको विच भागमा टाउको र नजिकै पसलनेर हातको पञ्जा भेटिएको हो । प्रहरीले अनुसन्धान भइरहेको हुँदा के कारण र कसलेअपराध गरेको भन्नेबारे नखुलेको बताएको छ ।

बच्चाको आँखा र कानको बीच भागमा ठूलो चोट पनि देखिएको छ । टाउको काटी हत्या गरिएको स्थानीयले आशंका व्यक्त गरेका छन् । रातको समय र कुकुरहरु पनि रहेकाले शरीरको अन्य भाग कुकुरले खाउको हुन सक्ने शंका छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ