राम्रो दिमाग भएका मान्छे सबैले केपीको कदमको बिरोध गरेका छन्ः प्रचण्ड

राम्रो दिमाग भएका मान्छे सबैले केपीको कदमको बिरोध गरेका छन्ः प्रचण्ड

Prachanda dahal

file photo

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनता र राम्रो दिमाग भएका व्यक्ति सबै सरकारको कदमविरुद्ध लागेको बताएका छन् ।

आज चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै प्रधानमन्त्री केपी ओलीको प्रतिगामीकदम विरुद्ध सबै एकजुट हुनुपर्ने भन्दै प्रतिगमनलाई परास्त गर्नुपर्नेमा जोड दिए ।

उनले निर्वाचनमा समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराएर देखाउने बताए । ‘प्रतिगमनको बाटो पक्रिएसंगै ओली हारी सके, उहाँ मतमा पनि हार्नुहुन्छ, व्यवहारमा पनि हार्नुहुन्छ’–अध्यक्ष प्रचण्डले भने ।

यद्यपी वर्तमान सरकारले घोषणा गरेको निर्वाचन भने कुनै हालतमा नहुने उनको दावी थियो । प्रधानमन्त्री ओलीले हिजो बुटवलको आमसभामा टाउको गनेर नभइ बाक्सा थापेर जनता कसको पक्षमा छ भन्ने कुरा देखाउन प्रचण्ड–माधव पक्षलाई चुनौती दिएको थियो ।

त्यसको खण्डन गर्दै प्रचण्डले पहिले राजामहाराजाले गर्ने जस्तै पञ्च¥याली जम्मा गर्ने, जमिन बाड्छौं भनेर मान्छे उतार्ने कामले केही अर्थ नहुने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ