काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम कुलमान घिसिङले नभई आफूले गरेको दाबी गरेका छन् । लोडसेडिङ हटाएको जस अरुले लिन खोजे पनि भारतसँग विद्युत खरिद सम्झौता गरेर आफूले लोडसेडिङ हटाएको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सोमबार काठमाडौंमा आयोजित उद्योगी तथा व्यावसायीको राष्ट्रिय भेलामा बोल्दै उनले भने, ‘जस विभिन्नले लिन खोजे, मलाई जसको कुरा होइन तर भारतबाट विद्युत ल्याउने सहमति मैले गरेको हुँ ।’
भारतबाट विद्युत किन्ने, देशभित्रै उत्पादन बढाउने चाँजोपाँजो मिलाउने र प्रसारण लाइन सुधार गर्ने लगायतका काम आफूले गरेको ओलीले बताए ।
नेकपा ओली पक्षका अध्यक्ष समेत रहेका उनले आफू पहिलो पटक प्रधानमन्त्री भएको एक हप्ताभित्र झापाबाट अर्को तिहार अँध्यारोमा मनाउनु पर्दैन भनेपछि लोडसेडिङ हटेको उनको जिकिर छ । नेपालका ९० प्रतिशत जनताले विद्युतको प्रयोग गरिरहेको उनको दाबी छ ।
यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझीले पनि देश लोडसेडिङ मुक्त हुनुमा कुलमान घिसिङको कुनै योगदान नभएको बताएका थिए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने