पोखरा महानगरपालिका ४ गणेशटोल स्थित सञ्चालनमा रहेको स्पोर्टस् क्यासल प्रा.लिको आयोजनामा हुने प्रथम ‘एमेचुअर क्यासल फुटसल कप –२०७७’ को आईतबार सम्पन्न भएको छ ।
प्रथम एमेच्योर स्पोर्टस् क्यासल कपको उपाधि टिम आयोजक स्पोर्टस् क्यासलले जितेको छ ।
पोखरा महानगरपालिका–४ गणेशटोलमा आईतबार सम्पन्न फाईनल खेल क्यासल फरेष्ट फुटबल क्लब स्योर्टस भएको थियो । सम्पन्न खेलमा फरेष्ट स्पोर्टस् फुटबल क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै क्यासलले उपाधि जितेको हो । क्यासलको जीतमा आकाश थपलिया र सरोज तामांगले समान २–२ र मनोज गुरुङले १ गोल गरे । फरेष्ट स्पोर्टसका लागि १ मात्र सान्त्वना गोल सरोज थिङले गरे ।

विजेता टिम क्यासलले उपाधिसँगै शिल्ड, मेडल सहित नगद २५ हजार रुपैयाँ हात पार्यो भने उपबिजेता टिम फरेष्ट स्पोर्टस्ले शिल्ड, मेडल सहित नगद १५ हजार रुपैयाँमा चित्त बुझायो । कुल ४६ टिमहरुको सहभागिता रहेको प्रतियोगितामा क्यासलका आकाश थपलिया सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले फुटसल जुत्ता प्राप्त गरे । विजेता खेलाडीहरुलाइ पोखरा महानगरपालिका १३ अध्यक्ष लेखबहादुर तामांग, राजकुमार गुरुङ, धनु थकाली लगायतले पुरस्कार वितरण गरेका थिए ।
सम्बन्धित खबर
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन