सोमबार पोखराका १४१ जनाको परीक्षण, ११ जनामा कोरोना पुष्टि

सोमबार पोखराका १४१ जनाको परीक्षण, ११ जनामा कोरोना पुष्टि

monday

पोखरा – सोमबार गण्डकीमा थप १४ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज कास्कीका १४१ जना, नवलपुरका २६ जना, पर्वतका ३१ जना र बाग्लुङ जिल्लाका ३ जना गरी २०१ जनामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरका ११ जना सहित पर्वतका ३ जनामा कोरोना पुष्टि भएको हो ।

आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ८ सय ३४ पुगेको छ । जसमा २७९ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट ६ जना कोरोनामुक्त भएका छन् । यो संगै, कोरोनामुक्त हुनेको संख्या १५ हजार ३ सय ५२ पुगेको छ, भने हालसम्म कोरोना संक्रमणकै कारण २०३ जनाले ज्यान गुमाईसकेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ