संसद विघटन विरुद्ध काँग्रेसको भोलि ७७ जिल्लामै प्रर्दशन, प्रदर्शन व्यापक बनाउन देउवाको अपिल

संसद विघटन विरुद्ध काँग्रेसको भोलि ७७ जिल्लामै प्रर्दशन, प्रदर्शन व्यापक बनाउन देउवाको अपिल

sher-bahadur-deuba

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलिको प्रदर्शन व्यापक बनाउन अपिल गरेका छन् । संसद विघटन विरुद्धमा भोलि (सोमबार) हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई देउवाले निर्देशन दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा कांग्रेसले सोमबार ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागेको छ।

सभापति देउवाले आज(आइतबार) जारी गरेको अपिलमा विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।प्रधानमन्त्रीको कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेको छ । देउवा सोमबार बुटवलमा हुने प्रदर्शनमा सहभागी हुने जनाइएको छ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ