भालुको पित्तसहित युवक पक्राउ

भालुको पित्तसहित युवक पक्राउ

arrest-pakrau

सांकेतिक तस्विर

प्रहरीले भालुको पित्तसहित काठमाडौंबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभा घर भई बुढानीलकण्ठ बस्ने ३२ वर्षका विगुल राई रहेका छन् ।

बुढानीलकण्ठ नगरपालिका–७ विष्णुमती चोकबाट आइतबार दिउँसो सवा १२ बजे १०३ ग्राम भालुको पित्तसहित उनलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भालुको पित्तको मूल्य प्रति ग्राम २५ हजार रुपैयाँका दरले बिक्री हुने गरेको छ । उनीमाथि अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ