सपना रोका मगरले विजय जंग बस्नेत विरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । वेवारिसे शव जलाएर प्रशंशा पाएका दुवैले हाल अन्तरीका विवादमा दुवै छन् । सपना बीबीसीको १०० महिलाको सूचीमा परेकी पछि थप समस्या चुलीएका हो । सपनाले बाबु र बिनय जंग बस्नेतले छोरी भनी सम्बोधन गर्ने गदथ्थे । यसरी आफुहरुलाई बाबु छोरी भन्दै चिनाउदै आएका दुबैले पछिल्लो समय निकै विवादमा छन् । पछिल्लो समय विनयले सपनामाथि यौन दुव्र्यवहार गरेको आरोपमा महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएकी हुन् । समेत लागेको छ ।
सपनाका अश्लील फोटो आफूसँग मोबाइल र पेनड्राइभमा सुरक्षित रहेको भन्दै युट्यबुमा अन्तर्वार्ता दिएपछि उनीहरुभित्रको विवाद थप बाहिर आएको हो । विनयले सपनामाथि धम्कीपूर्ण चेतावनी दिएपछि महिला अधिकारकर्मीले प्रहरीमा उजुरी दिएर कारवाही गर्नुपर्ने माग उठाएका थिए ।
सोही क्रममा आइतबार उजुरी दर्ता भएको हो । परिसरका एसएसपी अशोक सिंहले विनयविरुद्ध उजुरी दर्ता भएको पुष्टि गर्दै थप अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी मागिएको बताए । पुर्जी ल्याएर विनयलाई पक्राउ गरेर थप अनुसन्धान अगाडी बढाउने सिंहले इकागजसँग बताए ।
‘उजुरी दर्ता भएको छ । अदालतबाट पक्राउ पुर्जी ल्याउने काम भइरहेको छ’ एसएसपी सिंहले भने, ‘पक्राउ गरेपछि थप अनुसन्धान अगाडि बढाउँछौ ।’
पशुपतिमा बेवारिसे शव जलाएर समाजसेवा गरेको भन्दै चर्चामा आएका बस्नेत बेला बेला सामाजिक सञ्जाल युटयुबमा विवादास्पद अन्तर्वार्ता दिएर थप विवादमा समेत आउने गरेका थिए । बस्नेतको अभियानमा जोडिएर पशुपतिमा वेवारिसे शव जलाउन थालेकी १८ बर्षीया युवती सपना रोका मगरलाई बीबीसीले केही समय अगाडि १०० प्रभावशाली महिलाको सूचीमा राखेर थप चर्चित बनाएको थियो ।
त्यसपछि सपनाको कामको चर्चा मात्रै होइन, सबैले प्रशंसा गरे । तर बेवारिसे शव जलाउने अभियानको नेतृत्व गरेका विनय भने आफू ओझेलमा परेको भन्दै भित्रभित्रै गुनासो गर्ने गरेका थिए । सडकमा पुगेकी सपनालाई आफूले हिरो बनाएको भन्दै विनय बेला बेला अन्तर्वार्ता दिने गर्थे ।
सपनाले पनि आफूलाई कर्म दिने बुवा भएको भन्दै विनयको प्रशंसा गर्थिन् । तर पछिल्लो समय उनीहरुबीच मनमुटाव भयो । यतिसम्मकी सपनाले पशुपतिमा वेवारिसे शव जलाउने अभियान छाडेर म्याग्दी जानुपर्यो ।
तर पनि विवाद साम्य भएन् । युट्युबरले गर्दा दुई जनाबीचको विवाद झन उत्कर्षमा पुग्यो । पछिल्ला अन्तर्वार्तामा विनयले झोक्किदै सपनाका अश्लील फोटो आफूसँग रहेको र ती सार्वजनिक गरेर सपनाको चरित्र हत्या गर्ने धम्की दिएको भिडियो क्लिप भाइरल भयो । त्यसपछि धेरैको ध्यान सपना र विनयको विवादमा तानियो । अधिकारकर्मीले विनयलाई कारवाही गर्नुपर्ने माग उठाए । अन्याय सहन नहुने भन्दै सबैको सल्लाह सुझाव र दबाब आएपछि सपनाले आइतबार प्रहरीमा उजुरी दर्ता गरेकी हुन् ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम