पोखरा – विश्वका विभिन्न ३० देशका सयौं फोटोग्राफरले भाग लिएको फोटो प्रतियोगितामा पोखराका चर्चित फोटोग्राफर खिम लामिछानेले खिचेको फोटो उत्कृष्ट पाँचमा पर्न सफल भएको छ ।
‘ईउरोरडिस फोटो अवार्ड २०२०’ को उक्त प्रतिस्पर्धामा फोटोग्राफर लामिछानेले आफ्ना छोरा अनिमेष लामिछानेलाई ह्विल चियरमा राखेर विद्यालय लैजाँदै गरेको तस्विर समावेश गरेका छन् । प्रतिस्पर्धामा अष्ट्रेलिया, स्लोभाकिया, अमेरिका र आइसल्याण्डका फोटोग्राफरको सहभागिता रहेको छ ।
यो फोटोग्राफी अवार्ड अमेरिकाका वरिष्ठ फोटोग्राफर तथा फोटो पत्रकार मार्कस व्लिडेलले दुर्लभ रोग लागेर जिवन बिताइरहेका व्यक्तिहरुसँग सम्बन्धित जिवन कथालाई उजागार गर्ने शिर्षकमा फोटो प्रतियोगिता गरेका हुन् । जसको आयोजक ‘इउरोर्डिस अथार्त इरोपियन अर्गानिजेसन फर रेयर डिजिज’ले गरेको हो ।
३१ जनवरी २०२१ मा सुरु भएको यस प्रतियोगितामा ११ फेब्रुअरी २०२१ मा पहिलो उत्कृस्ट पाँच फोटोलाई छनौट गरिएको छ । अन्तिम नतिजा सामाजिक संजालमा प्राप्त भोटको आधारमा २४ फेब्रुअरी २०२१ का दिन रेयर डिजिज ‘डे’ को अवसर पारेर विजेता घोषणा गरिने छ ।

लामिछानेलाई भोट गर्नका लागि तलको लिंकमा क्लिक गरी दोश्रो पेजमा देखिएको फोटोमा OI Can, Osteogenesis Impefecta Nepal मा सेलेक्ट गरी Submit गरेर भोट दिन सकिनेछ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते