दमौली । चिटिक्क परेका घर । घर अगाडि ढुङ्गा छापिएको सडक प्रत्येक घर अगाडि मकैको सुली । तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका–३ मा रहेको रामकोट गाउँको चिनारी हो यो । मगर जातिको बसोबास रहेको यस ठाउँका स्थानीयवासीले घरवास सञ्चालन गरेका छन् ।
विसं २०७५ मा १४ घर दर्ता गरेर रामकोट घरवास व्यवस्थापन समिति दर्ता गरिएको थियो । कोभिड–१९ को प्रभावका कारण पर्यटक आगमन ठप्प रहेको रामकोटमा पुनः पर्यटक आगमन हुन थालेको घरवास व्यवस्थापन समितिका अध्यक्ष बिहीसरा आलेले जानकारी दिए । चौध घरले तालिम लिएर शुरु भएको रामकोट घरवासमा अहिले ४० घरमा पर्यटक राख्न मिल्नेछ ।
“कोभिड अगाडि अलि–अलि आन्तरिक पर्यटक आउने क्रम थियो तर कोभिडले रोकियो”,उनले भने , “कोभिडको प्रभाव कम हुँदै गएपछि अहिले फेरि पर्यटक आउन थालेका छन् ।” रामकोट आउने पाहुनालाई स्थानीय युवा क्लबले सांस्कृतिक कार्यक्रम देखाउने गरेको छ । “स्थानीय संस्कृति र अग्र्यानिक खानेकुरालाई जोड दिएका छौँ”, उनले भने , “यहाँ आएका आन्तरिक पर्यटक सन्तुष्ट नै भएको पाएका छौँ ।”
यहाँका स्थानीयवासीलाई घरवास आर्थिक उपार्जनको माध्यमसमेत बनेको छ । पृथ्वी राजमार्गको व्यास नगरपालिका–१२ छिर्कने हुँदै र बन्दीपुर बजारबाट रामकोट पुग्न सकिन्छ । बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजारबाट रामकोट पुग्न साइकल लेनसमेत निर्माण गरेको छ । बन्दीपुर आएका विदेशी पर्यटक पनि साइकल लेनको बाटो पैदल हिँडेरै रामकोटसम्म पुग्ने गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।
“रामकोटको घरवासलाई जोड्ने उद्देश्यसहित गाउँपालिकाले ४।८ किलोमिटर साइकल लेन निर्माण गरेको छ”, थापाले भने “यसले समग्र गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्याउँछ ।” घरवास सञ्चालनले ग्रामीण भेगका जनतालाई स्वरोजगार बन्न सहयोग पुर्याएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिए । रामकोट सामुदायिक घरवासलाई यस वर्ष गण्डकी प्रदेश सरकारको तर्फबाट रु १० लाख अनुदानको व्यवस्था भएको छ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने