तनहुँको रामकोटमा कायमै छ कटुवाल प्रथा

तनहुँको रामकोटमा कायमै छ कटुवाल प्रथा

katya

सञ्चारको सुविधा विकसित भए पनि तनहुँको बन्दीपुर गाउँपालिका–३ रामकोटमा अझै पनि कटुवाल प्रथा कायमै छ । स्थानीयवासी नरसिं थापाले विगत छ वर्षदेखि गाउँमा कटुवालको रूपमा काम गर्दै आउनुभएको छ ।

गाउँमा हुने बैठक, कार्यक्रम, पूजाआजालगायतका बेला थापाले घोक हालेर सूचना प्रवाह गर्दै आउनुभएको छ । कटुवालको कामलाई घोक फिराउने भनेर बुझिन्छ । उनको बाबुले पनि रामकोटमा कटुवालको काम गर्दै आएका थियो । बाबुको निधनपछि गाउँलेले आफूलाई कटुवालमा नियुक्त गरेको उहाँले बताए । “गाउँमा केही कार्यक्रम, पूजाआजा भयो भने मैले सबैलाई घोक हालेर सूचना दिने गरेको छु”, उनले भने , “त्यसबापत गाउँलेले वार्षिकरूपमा धान, मकैलगायतका अन्न दिने गरेका छन् ।”

स्थानीय महिला बिहिसरा आलेले गाउँमा सूचना प्रवाह गर्नुपर्दा थापाले घोक हाल्ने गरेको बताए । उनका अनुसार घरघरमा मोबाइल, रेडियो भए पनि थापाले घोक हालेपछि मात्रै सबै गाउँले जम्मा हुने गरेका छन् । “यहाँ वर्षौँदेखि चलिआएको चलन हो”, उनले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds