ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु

ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु

cycale_accident

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ट्रकको ठक्करबाट साइकलमा यात्रा गरिरहेका एक वृद्धको शनिबारसाँझ मृत्यु भएको छ।

पूर्वतर्फ जाँदै गरेको ना ३ ख ५६९१ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिँदा मोरङको लेटाङ नगरपालिका–२ का ६७ वर्षीय रत्नबहादुर श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा न्युरो अस्पताल वराटनगरमा साँझ ज्यान गएको हो।

प्रारम्भिक अनुसन्धानबाट मृतक श्रेष्ठले अत्याधिक मादक पदार्थ सेवन गरेर साइकलमा यात्रा गरिरहेको खुलेको छ। ट्रक र चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का ३१ वर्षीय अमीर राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ