नक्कली राष्ट्रवादको मुखौटो लगाएका ओली विदेशी सेटिङमा चले : बाबुराम भट्टराई

नक्कली राष्ट्रवादको मुखौटो लगाएका ओली विदेशी सेटिङमा चले : बाबुराम भट्टराई

baburam bhattarai

काठमाडौं : पूर्व प्रधानमन्त्री एवम्‌ जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नक्कली राष्ट्रवादको मुखौटो लगाएर सत्तामा पुगेको आरोप लगाएका छन्‌।

आफूद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले भने, ‘माओवादी जनयुद्धले धेरै उपलब्धि गरेको छ, संविधान लेख्नका लागि त्यसले महत्वपूर्ण भूमिका खेलेको छ। तर, ओली त्यसलाई मान्न तयार छैनन्।’

उनले जनयुद्ध दिवसलाई साझा दिवसको रूपमा मनाउने वातावरण बनाउनका लागि आग्रहसमेत गरे। शहीद र बेपत्ता परिवारको विषयलाई पनि टुंग्याउनुपर्ने उनले बताए।

‘प्रधानमन्त्री ओलीको कदम प्रतिगमन मात्रै नभएर प्रतिक्रान्तितर्फ गएको छ। अन्तरराष्ट्रिय सेटिङको आधारमा अहिले ओलीले कदम चालेको छन्,’ भट्टराईले भने, ‘लामो समयसम्म लडेर ल्याएको कारण प्राप्त उपलब्धि बचाउनतर्फ लाग्नुपर्छ।’ उनले ओलीको कदमविरुद्ध सबै एकजुट भएर एकजुट हुनुपर्ने बताए।

‘नयाँ पुस्ताहरू समेत सडकमा आइरहेका छन्, सबै दल र नागरिक समाज एकजुट भएर लाग्नुपर्छ। कांग्रेसमा रामचन्द्र पौडेलजी लागि राख्नुभएको छ,’ उनले भने, ‘उहाँका अन्य नेताहरूले चाहिँ पदको लोभ भएर वा के भएर खुट्टा कमाइए राख्नुभएको छ, त्यसको विरुद्ध लाग्नुपर्छ।’

प्रचण्डसँग एक हुन नसक्ने

भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एक हुन नसक्ने बताए । ‘सबैले प्रचण्ड र मलाई एकै ठाउँमा आइदिए हुन्थ्यो भन्नु हुन्छ। तर त्यो उपयुक्त छैन,’ बाबुरामले भने।

पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि बाबुरामसँग नजिकिएका प्रचण्डले पुस्तक विमोचनमा शहीदको रगतले पनि आफूहरुलाई अलग हुन नदिने बताएका थिए। जनयुद्ध दिवसकै दिन आयोजित कार्यक्रममा उनले जनयुद्धबारे साझा बुझाइ बनाउन भने जरुरी भएको बताए।

यसो त उनले संयुक्त ढंगले संघर्ष भने गर्न जरुरी भएको उल्लेख गर्दै प्रचण्डलाई धेरै लोभलालचमा नफस्नसमेत सुझाव दिए। भने, ‘संयुक्त ढंगले संघर्ष गर्नु जरुरी छ। क प्रचण्डलाई हामीले धेरै लोभ लालच गर्न हुन्न भन्छु।’

उनले प्रचण्डलाई पदको लोभ नगरी नयाँ पुस्तालाई अगाडि सार्न पनि सुझाए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ