पूर्व प्रधानमन्त्री एवं नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. बाबुराम भट्टराई र आफूलाई इतिहासले अलग हुन निदिने बताएका छन् ।
शनिबार पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. भट्टराईको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ विमोचन कार्यक्रममा प्रचण्डले अहिले आफ्नो पार्टी फरक भएपनि इतिहासका कार्यहरुले अलग हुन निदिने बताएका हुन् । ‘अहिले बाबुराम जी र म एउटै पार्टीमा त छैनौँ। तर मुद्दाको हिसाबले हामी फेरि एउटै मोर्चामा छौँ ’ उनले भने ।
इतिहासको आफ्नो कर्मको कारणले आफूहरुलाई अलग हुन नदिने बताउँदै उनले भने, ‘इतिहासको आफ्नो कर्मको कारणले हामी अलग हुन खोज्दा पनि चुम्बकले तानेजस्तो हाम्रा आफ्ना कर्मले हामीलाई नजिक ल्याइ नै राख्छ। हामीलाई अलग हुन दिँदैन।’
उनले भने, ‘ती हजारौँ सहिदले हामीलाई अलग हुन दिँदैनन्। हजारौँ घाइते र अपांगले हामीलाई अलग हुन दिन्नन्। ती हजारौँ बेपत्ता हाम्रा योद्धाहरुले पनि हामीलाई अलग हुन दिन्नन्।’
‘गुमनाम आमाहरुको कथा’ भित्र रहेका रचनाहरुलाई सरसर्ती नियाल्दा हिजोका सबै स्मरणहरु, अनुभव, अनुभूतिहरु ताजा भएर आएको महसुस गरेको छु’, उनले भने ।
जनयुद्ध दिवसको अवसर पारेर शनिबार बालुवाटार पार्टी प्यालेसमा एक समारोहकाबीच भट्टराईद्वारा लिखित पुस्तकको विमोचन गरिएको हो । उक्त समारोहमा प्रचण्डसँगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपाका वरिष्ठ नेता अशोक राई र लेखक/विश्लेषक तुलानारायण शाह लगायतको सहभागिता रहको थियो ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने