फेवातालमा पानीको बाँध मर्मतका लागि २ मिटर पानीको सतह घटाएको छ । यसरी पानीको सतह घटेपछि मानिसहरु फेवाताल हेर्ने आउने गरेका छन् ।
शनिबार पानीको सतह घटेपछि मानिसहरुले फेवताल हेर्ने भिड भएको छ । यसरी एक्कासी पानीको सतह घटेपछि मानिसहरुमा कौतुहलता भएपछि हेर्ने आउनेको भिड निकै बढेको हो । चारदशक पहिले निर्माण गरिएको फेवातालको बाँधको मर्मत शुरु गरिएको छ ।
https://www.youtube.com/watch?v=G1fdsMEzwB8&t=230s

निर्माण भएको लामो समय वितिसक्दा समेत ड्याम मर्मत सम्भारको कार्य नभएका कारण तालको पानी चुहिएर सतह घट्ना थालेपछि फेवातालको पानीको सतह २ मिटर घटाएर मर्मत थालिएको हो ।

लामो समयदेखि ताल संरक्षणका लागि बनाइएको बाँध जीर्ण भएका कारण बाँध निर्माण गर्नका लागि तालको पानी घटाइएको जलस्रोत तथा सिचाईं डिभिजन कार्यालय कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यले जानकारी दिए।

कार्यालयका अनुसार तालमा पानीको सतह ७ सय ९१ आरएलसम्म झारेर मर्मत कार्य गरिनेछ । तत्काल पानीको सतह ७ सय ९२ आरएल रहेको छ ।

वि.सं २०३५ सालमा बनेको उक्त बाँधको तलको गेट र रम्बर मर्मतसम्हार गरे पछि तालमा पानीको सतह पुन पहिलेको लेभलमा आउने छ । मर्मतको काम सकिएपछि पुनः फिर्के र सेतीको पानीको ड्राइर्भट गरेर तालमा ल्याइने बताइएको छ ।

सम्बन्धित खबर
केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रममा सहयोग
आलु महोत्सवमा साढे २ करोड बढीको कारोबार
राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति र दीगो विकासः प्रदेश प्रमुख भट्ट
कृषिको उत्सव आलु महोत्सव
नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको क्यालेन्डर विमोचन
ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ : ईश्वर पोखरेल
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु