कास्की स्थित लेखनाथका युवा उद्यमी विजय पराजुलीको संयोजकत्वमा साझा युवा संगठनको २५ सदस्यीय कास्की जिल्ला समिति घोषणा भएको छ। शुक्रबार घोषणा गरिएको जिल्ला समितिको सह-संयोजकमा दिपा अर्याल रहेकी छन्।
जिल्ला सदस्यहरूमा इनोक लामिछाने, रमेश पराजुली, सागर पौडेल, बिक्रम सापकोटा, शिरीष ढकाल, खगेन्द्र आचार्य, तिलक क्षेत्री, विस्वास सापकोटा, इश्वर नेपाली, सागर गजमेर, शुशिला पाठक, बिकास सुनार, राजिव वि क, रमेश सापकोटा, मिनराज आचार्य, बिराट पराजुली, सुदिप जम्मरकट्टेल, सुशील गौतम, सुशील श्रेष्ठ, शिव क्षेत्री, अनिष राज पौडेल, आर्यन नारायण शाह, अमृत कार्की र बवि जि.सि. रहेका छन्।
साझा युवा संगठनका केन्द्रीय संयोजक अब्दुस मियाँ, महासचिव सरोज गौतम, विवेकशील साझा पार्टीका सचिवालय सदस्य महेश भण्डारी लगायतका नेताको उपस्थितिमा सो समिति घोषणा भएको छ।
साझा युवा संगठनले विभिन्न पृष्ठभूमिका युवाहरुलाई समेट्दै संगठनलाई हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको छ।
उर्जाशील, इमान र क्षमता भएका युवाहरू समेटेर बनेको समितिले वैकल्पिक राजनीति र नयाँ युवा अभियानलाई सशक्त बनाउने आत्मविश्वासलाई अझै दृढ बनाएको छ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने