कम नम्बर ल्याएको भन्दै शिक्षकले विद्यार्थी कुटे, भिडियो भाइरल

कम नम्बर ल्याएको भन्दै शिक्षकले विद्यार्थी कुटे, भिडियो भाइरल

Student-kutpit

एक शिक्षकले विद्यार्थीलाई कक्षा कोठाभित्र प्लास्टिकको पाइपले कुटेको भिडियो भाइरल भएको छ ।

दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित माध्यामिक विद्यालय सिक्टाका शिक्षक हेमराज विकले परीक्षामा नम्बर कम ल्याएको भन्दै विद्यार्थीमाथि कुटपिट गरेका हुन् ।

विद्यार्थी सर्मिला कुमालले शिक्षकको कुटाइपछि आफू बिरामी परेको बताइन्। कक्षा १० को गणित विषयको परीक्षामा नम्बर कम ल्याएको भन्दै शिक्षक विकले विद्यार्थीमाथि कुटपिट गरेका हुन्। दुई हप्ताअघि ती शिक्षकले कुटपिट गरेको घटना अहिले सार्वजनिक भएको हो।

कक्षा कोठामा एकजना विद्यार्थीले भिडियो खिचेका थिए। विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकमाथि अभिभावकले कारबाहीको माग गरेका छन्। तर, शिक्षकले विद्यार्थीले भनेको नमान्दा र परीक्षामा नम्बर कम ल्याएकाले सामान्य सजाय दिएको दावी गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ