केपी ओलीले पहिले गुण्डामार्फत गराउने काम अहिले प्रहरीमार्फत गराउँछन्ः डा. केसी

केपी ओलीले पहिले गुण्डामार्फत गराउने काम अहिले प्रहरीमार्फत गराउँछन्ः डा. केसी

dr govinda kc

काठमाडौँ– डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले पहिले गुण्डामार्फत गराउने काम अहिले प्रहरीमार्फत गराइरहेको आरोप लगाएका छन्।

शुक्रबार संसद विघटनविरुद्ध माइतिघर मण्डलामा आयोजित नागरिक खबरदारीमा बोल्दै डा. केसीले ओली तानाशाह भएको बताएका हुन्।

उनले भने, ‘ओलीजीले पहिले गुण्डामार्फत गराउने काम अहिले प्रहरीमार्फत गराउनुहुन्छ। प्रहरीले आदेश मान्ने हो। यो प्रहरीको दोष होइन। तानाशाह ओलीको दोष हो।’

उनले तीन करोड नेपाली जनताले रगत पसिना बगाएर ल्याएको प्रजातन्त्र ओलीले खोसेको बताए। अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता प्रजातन्त्रको मुख्य शर्त भएको बताउँदै डा. केसीले ओलीले त्यसमा सुरुदेखि नै निषेध गरेको बताए।

‘मैले सुरुमै भनेको हुँ ओली तानाशाह हुन् भनेर। त्यो अहिले देखिएको छ। आफ्नो निजी स्वार्थका लागि प्रतिनिधि सभा नै विघटन गरिदिए। संविधानको हत्या गरे। प्रजातन्त्रको हत्या गरे’, उनले भने। ओलीको कदमको विरोध गर्नु प्रजातन्त्रमा विश्वास गर्नेहरुको कर्तव्य भएको उनको भनाइ छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ