गण्डकी प्रदेशकी मन्त्री पुन र सचिव कुँवरलाई कोरोना संक्रमण

गण्डकी प्रदेशकी मन्त्री पुन र सचिव कुँवरलाई कोरोना संक्रमण

Nardevi Pun

पोखरा । गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी अहिले आइसोलेसन भर्ना भएकी छन् ।

मन्त्री पुनलाई रुघाखोकी र ज्वरो लगायतका समस्या देखिएपछि कोरोना संक्रमणको आशंकामा पीसीआर परिक्षण गरिएको थियो । उनको रिपोर्ट पोजिटिभ आएको छ ।

यस्तै, सामाजिक विकास मन्त्रालयकै सचिव बिनोद कुँवरलाइ समेत कोरोना संक्रमण पुष्टि भएको छ । उनी पनि आइसोलेसनमा भर्ना भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री पुन र सचिव कुँवर प्रदेश सरकारले बनाएको गण्डकी प्रदेशको एकमात्र संक्रामक तथा सरुवा रोग अस्पताल सिसुवाको आइसोलेसनमा भर्ना भएका हुन् ।

मन्त्री पुनको स्वास्थ्य सुधारोन्मुख रहेको सरुवा रोग अस्पतालका निर्देशक डा.विकास गौचनले जानकारी दिएका छन् । सचिव कुँवरको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds