भोलि १५ औं सफल अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथन, १ सय ५६ जना दौडने

भोलि १५ औं सफल अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथन, १ सय ५६ जना दौडने

safal marathan 077

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन भोलि बिहान हुँदैछ । म्याराथनमा १ सय ५६ जना धावकहरुले भाग लिँदैछन् ।

म्याराथन पोखरा रंगशालाबाट शुरु भएर पोखरा महानगरका १७ वटा वडाहरुका सडक मार्ग हुँदै पुनः पोखरा रंगशालामा पुगेर समापन हुनेछ । ४२.१९५ किलोमिटरको म्याराथन सँगै यो संस्करणबाट महिलाहरुको हाफ म्याराथन (२१ किलोमिटर) समेत हुने मञ्चका अध्यक्ष तेज गुरुङले जानकारी दिए ।

पोखरालाई ‘सिटी म्याराथन’को अवधारणा अनुरुप विश्वमा परिचय गराउने उद्देश्यले आयोजित प्रतियोगितामा म्यारथन तर्फ २ जना विदेशी सहित १ सय ५६ जनाले भाग लिने गुरुङले जानकारी दिए । महिलाहरुका लागि आयोगित हाफ म्याराथनमा १९ जनाले सहभागीता जनाउने उनले बताए । बाहिरी जिल्लाबाट आउने क्रम जारी रहेका कारण अझै केही संख्यामा धावकहरु बढ्ने उलने बताए ।

कोभिड–१९ का कारण पोखरा म्याराथन अन्तर्गत आयोजना हुने १० किमी महिलारपुरुष, ५ किलोमिटर छात्ररछात्रा तथा दृष्टि विहिनहरुको दौड र अपाङ्गहरुको ह्विल चियर दौडभने फरक–फरका मितिमा आयोजना हुने मञ्चका अध्यक्ष गुरुङले जानकारी दिए ।

म्याराथन तर्फ प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने धावकले क्रमश: नगद २ लाख, १ लाख, ७५ र २५ हजार प्राप्त गर्नेछन । त्यस्तै महिला हाफ म्याराथनमा प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने खेलाडीले क्रमश: नगद १ लाख, ७५ हजार, ५० र १५ हजार प्राप्त गर्ने उनको भनाई छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ५१ लाख खर्च हुने मञ्चले जनाएको छ । कोभिडका कारण यो वर्ष भने पोखरा म्याराथनको लोकप्रिय रहेको ‘रन फर फन’ नहुने भएको मञ्चका सचिब कृष्ण तिमिल्सिनाले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ