महिला हिंसाविरुद्ध प्रतीकात्मक शव

महिला हिंसाविरुद्ध प्रतीकात्मक शव

111

देशमा पछिल्लो समय महिलामाथि भइरहेका बलात्कारसहितका हिंसाका घटनाविरुद्ध वसन्तपुरदेखि भद्रकालीसम्म मार्चपास गरिएको छ। महिलामाथिका हिंसा र विदेभविरुद्ध बृहत् नागरिक आन्दोलनले प्रतीकात्मक शवसहित वसन्तपुरदेखि भद्रकालीसम्म मार्चपास गरेको हो।

महिलामाथि निरन्तर हिंसा बढिरहँदा पनि सरकारले दोषीहरुलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै मार्च पासमा सहभागीहरुले आक्रोश पोखेका छन्। उनीहरुले न्याय चाहियो, महिला हिंसा अन्त्य गर जस्ता नारा लगाएका थिए। सेतो धोती लगाएर टाउकोमा पनि सेतो कपडा बेरेका युवाहरुले प्रतीकात्मक शव बोकेर शव यात्रामा निस्किएका थिए।

यो मार्च पासमा अधिकांश सहभागी महिला र किशोरीहरु थिए। हिंसा र बलात्कारविरुद्ध आवाज उठाउँदै प्रतीकात्मक शव र मलामीसहित उनीहरुले मार्च पास गरेका हुन्। कालो कपडा लगाएर मार्चमा सहभागी महिलाले सरकारले हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटना बढ्दै गएको भन्दै आक्रोश पोखेका छन्।

उनीहरुले प्रतीकात्मक रुपमा शवयात्राका क्रममा एकोहोरो शंख बजाउँदै प्रतिनिधिसभा विघटनको पनि विरोध गरेका थिए। वसन्तपुरदेखि अघि बढेको यो जुलुस न्युरोड गेट, रत्नपार्क, भृकुटीमण्डप हुँदै भद्रकालीमा आएर निषेधाज्ञा क्षेत्र नजिकै कोणसभामा परिणत भएको थियो।

यो मार्चपासमा सहभागीले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायत न्याय मागेका थिए। यस कार्यक्रममा जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमी र राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी पनि सहभागी थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ