फेरि देखियो बर्ड फ्लु

फेरि देखियो बर्ड फ्लु

has

काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लु देखिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं। ७ साङ्लेखोला फुटुङमा बर्ड फ्लु रोग देखा परी नियन्त्रण भएपछि वडा नं। १ का कृषकले पालेका हाँसमा बर्ड फ्लु प्रमाणित भएको हो ।

पशु सेवा विभागका अनुसार बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र नदिन र तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरिएको छ । रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको विभागले बताएको छ ।

यस क्रममा १४२१ हाँस, ४२ स्थानीय कुखुरा, २६ अण्डा र ८०० केजी दाना नष्ट गरिएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिसकिएको विभागले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds