गाेरखा दुर्घटनाका घाइते एककाे मृत्यु (फलाेअप)

गाेरखा दुर्घटनाका घाइते एककाे मृत्यु (फलाेअप)

keshab death

सवारी दुर्घटना बाट एकको ज्यान गएको छ । गोरखा आँबुखैरेनी सडकको नौ किलो सडकखण्डमा बस र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा अजीरकोट गाउँपालिका ३ हंसपुरका ३२ बर्षका केशव दवाडीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उपचारका लागि गोरखा अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको हो ।

गोरखातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०२–०२२ प ६४२२ नम्बरको मोटरसाइकल र गोरखाबाट चितवन जादै गरेको ग १ ख ४५२२ नम्बरको यात्रुबाहक बस दिउसो पौने तीनबजे ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए ।घाइतेमध्यका अर्का सिरानचोक गाउँपालिका ८ का १७ बर्षीय विशाल पन्तको चितवनमा उपचार भइरहेको छ । उनी मोटरसाइकल चालक हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ