विश्‍वचर्चित रेस्लर गाब्बीले ४२ वर्षे उमेरमा समलिंगी भएको खुलासा गरे

विश्‍वचर्चित रेस्लर गाब्बीले ४२ वर्षे उमेरमा समलिंगी भएको खुलासा गरे

reslar

आफ्ना समर्थक र शुभचिन्तकहरुलाई सम्बोधन गर्दै गाब्बीले भनेका छन् ुयो मै हुँ । मेरो निर्लज्जता र निर्भयता । ४२ वर्षीया टफ्टले २००९ देखि २०१२ सम्म डब्लूडब्लूईमा स्टेज नेम टेलर रेक्सको नामबाट खेलेका थिए । यही बिहीबार उनले आफ्नो लैंगिक पहिचान पहिलो पटक सार्वजनिक गरेका हुन् ।

गाब्बीले डब्लूडब्लूई सुपरस्टार, बडीबिल्डर, फिटनेस प्रशीक्षक, मोटिभेसनल स्पीकर र मोटरसाइकल धावक लगायत पहिचान बनाइसकेका छन् ।

टफ्टले आफ्नो लैंगिक संक्रमणकालीन अवस्थाबारे आगामी अन्तरवार्ताको क्रममा पनि खुलासा गर्ने जनाएका छन् । गाब्बीले आफ्नो रेस्लिङ अवधिको फोटो अगाडि उभिएको परिवर्तित फोटो इन्स्टाग्राममा पोस्ट गर्दा धेरैजसो अचम्ममा परेका थिए ।

गाब्बीले रेस्लिङबाट अवकास लिएपछि आफ्नी पत्नी प्रिस्किल्लासँग मिलेर एउटा फिटनेस कम्पनी समेत सञ्चालन गर्दैआएका छन् । उक्त जोडीको ९ वर्षीया छोरी समेत छिन् । टफ्टले आफ्नी पत्नी, परिवार र साथीहरुबाट आफ्नो लैंगिक पहिचान परिवर्तनको क्रममा सहयोग पाएकोमा उनीहरुलाई धन्यवाद समेत दिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ