गोरखामा बस र मोटरसाइकल ठोक्किँदा २ जना घाइते

गोरखामा बस र मोटरसाइकल ठोक्किँदा २ जना घाइते

accident gorkh

बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । गोरखा नगरपालिका–१२ स्थित नौ किलोमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा सिरानचोक गाउँपालिका–८ का १७ बर्षीय मिलन पन्त र चितवनका ३२ बर्षीय केशव दवाडी रहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

घाइतेमध्ये दवाडीको गोरखा अस्पताल र पन्तको छिम्केश्वरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज मित्रलाल ढकालले बताए ।

उनका अनुसार गोरखा सदरमुकामबाट नारायणगढ जादै गरेको ग १ ख ४५२२ नम्वरको मिनीबस विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २ ०२ प ६४२२ नम्वरको पल्सर मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । मोटरसाइकल बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ