नेपाल कम्युनिस्ट पार्टी नेकपा गण्डकी (केपी ओली समूह) ले प्रदेश स्तरीय विशाल जनसभा गर्न लागेको छ । पार्टीको गण्डकी प्रदेश कार्यालयको चौथो बैठकले आगामी फागुन १५ गते शनिबार पोखराका अमरसिंहचौरमा सभा गर्ने निर्णय गरेको हो ।
सभालाई पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्ने स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनले आमजनतालाई प्रशिक्षित गराएर पार्टीको पक्षमा माहौल बनाउन सभा गर्न लागेको बताए । उनले जनताको उत्साहजन र व्यापक सहभागितामा जिल्ला तथा प्रदेश स्तरका सभा भएको दाबी गरे ।
पार्टीका स्थायी समितिका सदस्य, गण्डकी प्रदेशका सहइञ्चार्ज, तथा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पार्टीको पक्षमा जनमत सिर्जना गर्न कार्यकर्ता परिचालन, भेला प्रशिक्षण तथा सभा गरेको बताए ।
पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश कमिटीका सचिव गोविन्दबहादुर नेपालीले पालिका, जिल्ला स्तरका भेला प्रशिक्षण तथा सभा गरेर पार्टीको संगठनलाई चुस्त दुरुस्त बनाएको दाबी गरे ।
उनले गण्डकी प्रदेश स्तरीय सभाको आवश्यक तयारीको क्रममा जन परिचालन, प्रचार प्रसार तथा जनसम्पर्क, मञ्च तथा सभास्थल व्यवस्थापन, अतिथि सत्कार, यातायात व्यवस्थापन, सुरक्षा तथा स्वयं सेवक परिचालन, स्वास्थ्य तथा सांस्कृतिक समिति गठन गरेको जानकारी दिए ।
सम्बन्धित खबर
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो