विभिन्न सङ्घसंस्था, कार्यालय वा सङ्गठित संस्था तथा व्यक्तिले एकैपटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनुपर्ने आवश्यकतालाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित विभिन्न सेवा उपलब्ध गराउने भएको छ ।
टेलिकमले ग्राहकको आवश्यकताअनुसार एसएमएस अलर्ट, एसएमएस सर्टकोड र वेब–बेस्ड बल्क एसएमएस गरी तीन प्रकारका एसएमएसमा आधारित सेवा आजदेखि उपलब्ध गराउने भएको प्रवक्ता राजेश जोशीले जानकारी दिए ।
एसएमएस अलर्ट र सर्टकोड सुविधा उपयोग गर्न चाहने संस्थाको आफ्नै एसएमएस एप्लिकेसन वा सिस्टम हुनु आवश्यक छ भने वेब–बेस्ड बल्क एसएमएस पठाउन चाहने संस्थाका लागि नेपाल टेलिकमले नै आवश्यक व्यवस्था मिलाइदिने हुनाले कुनै थप एप्लिकेसन वा सिस्टमको आवश्यकता पर्दैन ।
एसएमएस अलर्ट, सर्टकोड सेवा र वेब–बेस्ड बल्क एसएमएस सेवा उपयोग गर्नका लागि औपचारिकरुपमा अनुरोध गरिएको एउटा पत्र तयार गर्नुपर्छ । सो पत्रका साथमा कम्पनी प्रोफाइल, प्राविधिक प्रोफाइल, सेवाको उद्देश्य, सम्भावित ग्राहक र ग्राहक आधार संलग्न गर्नुपर्छ ।
त्यसैगरी कम्पनी दर्ता र कर कार्यालयमा दर्ता भएको कागजातको प्रतिलिपि समावेश गर्नुपर्छ । यी सम्पूर्ण कागजातसहित तयार गरिएको पत्रलाई इमेलमार्फत पठाउन सकिन्छ वा कम्पनीको नजिकको कार्यालयमा दर्ता गराउन सकिन्छ ।
वेब–बेस्ड बल्क एसएमएस सेवाका हकमा नेपाल टेलिकमबाट स्वीकृति प्रदान भएपश्चात् एसएमएस भोल्युम कोटाका आधारमा तोकिएको रकम बैंक खातामा बुझाउनुपर्छ । यसपछि नेपाल टेलिकमले ग्राहकको युजर एकाउन्ट बनाएर ग्राहकलाई उपलब्ध गराउँछ । यसैका आधारमा ग्राहकले एसएमएस सेवा प्रदान गर्न सक्दछ ।
सम्बन्धित खबर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
क्यान इन्फोटेक पोखरामा MSI RTX 5080 ग्राफिक्स कार्ड सार्वजनिक
अब नागरिक एपबाटै राष्ट्रिय परिचयपत्र हेर्ने सकिने
पुरुषोत्तम कुँवरको नेतृत्वमा क्यान कास्की
सिद्धार्थ राजमार्गका खाल्डाखुल्डी पुरिँदै
आईफोन १६ प्रो र प्रो म्याक्स मोडल सार्वजनिक, मूल्य कति ?
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर