मिस्टर केपी ओली, तपाईका खुट्टी हेर्दै पत्यायौं, अब तपाईको जमानत जफत हुन्छ: झलनाथ खनाल

मिस्टर केपी ओली, तपाईका खुट्टी हेर्दै पत्यायौं, अब तपाईको जमानत जफत हुन्छ: झलनाथ खनाल

jhalanath khanalll

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले आजको विरोधसभाको उपस्थितिले कुन पार्टी आधिकारिक हो भनि पुष्टि भएको बताएका छन् । उनले निर्वाचन आयोगका आयुक्तहरुलाई यहाँ आएर हेर्न आग्रह गर्दै यो उपस्थिति हेरेर कानुनहरु मिलाउन आग्रह गरे ।

नेता खनालले जनमास हेरेर कानुन मिलाउने काम छिट्टो गर्न आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईप्रति व्यंग्य गर्दै खनालले चुनावमा कसरी दुई तिहाई बहुमत ल्याइन्छ भनि भँगेराको कथा सुनाएका थिए ।

‘मिस्टर केपी ओली तपाईका खुट्टी हेर्दै पत्यायौं, अब दुई तिहाई होइन तपाईको जमानत जफत हुन्छ, दुई वर्षमा हुने चुनावमा तपाईको जमानत जफत हुनेछ’ नेता खनालले भने, ‘हामी प्रतिगमनको विरुद्धमा लडिरहेका छौं, हामीले प्रचण्ड र माधव नेपालाई प्रधानमन्त्री बनाउन वा एउटा कुर्सीका लागि लडिरहेका छैनौं, संविधानको रक्षा, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि लडिरहेका छौं ।’

आज भृकुटीमण्डलमा नेकपा प्रचण्ड–समूहले गरेको विरोधसम्ममा बोल्दै उनले भने, ‘५८ वर्ष लडेर गणतन्त्र ल्यायौं, १० वर्ष लगाएर संविधान बनायौं तर प्रधानमन्त्री ओलीले एकैपटकमा सबै समाप्त पार्न खोजे ।’

यो आन्दोलनको आवाज सुनिएन भने ६२/६३ को भन्दा ठूलो आगो दन्किनेछ

खनालले आन्दोलनको आवाज सुनिएन भने ६२/६३ सालको भन्दा ठूलो आगो दन्कने बताए । उनले ओलीको तानशाहविरुद्ध सडकमा आगो दन्किने बताएका हुन् ।

उनले केपी शर्मा ओली र समर्थक साथीहरुलाई विरोध कार्यक्रम भइरहेको प्रदर्शनी स्थलमा हेर्न आउन समेत आग्रह गरे । ‘केपी ओली र केपी ओलीका समर्थक साथीहरु आउनुस्, पदर्शनीस्थलमा आउनुस्, हामी देखाउँछौं, नेकपाको आवाज भनेको यो हो,’ उनले भने ।

पुष्पलालले जनवाद स्थापना गर्ने सपना देखेको बताउँदै उनले आजको यो उपस्थिति नै जनवाद रहेको धारणा राखे । यो नेकपाको दुई गुटको आन्दोलन मात्र नभएको बताउँदै खनालले प्रतिक्रान्ति विरुद्धको आन्दोलन रहेको दावी गरे । उनले भने, ‘पुस ५ गते भएको घटना एउटा प्रतिक्रान्त हो र त्यसको विरुद्धको आन्दोलन भैरहेको छ ।’

ओली सैद्धान्तिक रुपमा पराजित भइसकेको बताउँदै उनले केपी ओली पशुपति नाथमा संकल्प पूजा गर्न जान लागेकाले वामपन्थी विचारप्रति उनलाई विश्वास नलागेको आरोप लगाए । उनले सम्पूर्ण लोकतान्त्रिक पार्टीलाई संयुक्त आन्दोलनमा सहभागी हुन आग्रह गरे । नेता खनालले संसद पुनःस्थापनको विकल्प नरहेको बताउँदै समाजवादको दिशातर्फ अगाडि बढ्न उनले सबैलाई आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ