काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो कुरा गरेर जनतालाई झुक्याएको आरोप लगाएका छन्।
प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड नेतृत्वको नेकपाले काठमाडौंमा आयोजना गरेका सभालाई सम्बोधन गर्दै पन्तले विकास गरेको तथा हातखुट्टा बाँधेको भन्ने दुईवटा कुरा गरेर जनता झुक्याएको आरोप लगाएका हुन्।
“नारायणहिटीको गेटको दक्षिणतर्फ फर्केर ओलीजी भन्नुहुन्छ, मेरो कार्यकालमा जस्तो विकास कसैको पालामा भएन, त्यसको पाँच मिनेटपछि फेरि भन्नु हुन्छ, प्रचण्ड र माधवकुमारहरूले हातखुट्टा बाँधेर काम नै गर्न दिनु भएन,” पन्तले भने, “हातखुट्टा बाँधेको भए विकास विकासै कसरी भयो? विकासै विकासै भए, हातखुट्टा कसरी बाँध्ने काम भयो? म ओलीजीलाई एउटा मात्रै कुरा गर्न सुझाव दिन चाहन्छु।”
नबोल्ने पशुपति होइन, बोल्ने जनता खुशी पार्नुहोस्
पन्तले प्रधानमन्त्री केपी शर्मालाई ‘नबोल्ने पशुपतिनाथको नभई बोल्ने पशुपतिनाथ (जनता)लाई खुशी पार्न अपिल गरे ।
केही दिनअघि प्रधानमन्त्री ओली पशुपति पुगेको विषयलाई जोडेर उनले जनतारूपी पशुपति खुशी पार्न आग्रह गरेका हुन्। उनले राजाहरुको प्रसंग जोड्दै पशुपतिको सेवामा पुग्नेहरूको ‘अधोगति भएको’ संकेत गरे।
‘पशुपतिले कृपा गर्ने भए वीरेन्द्रको वंशनाश हुँदैनथ्यो। यता ज्ञानेन्द्रले राजगद्दी छाडनुपर्दैनथ्यो। त्यसैले ओलीजी सुन्नुहोस्, त्यहाँ नबोल्ने पशुपति होइन यहाँ बोल्ने पशुपतिनाथलाई खुशी बनाउनुहोस्। जो यहाँ उपस्थित छन्,’ उनले थपे, ‘विघटनपछि पशुपतिमा गएर केपीजीले के वरदान माग्नुभयो थाहा छैन। त्यहाँ पुगेर एक अर्बको जलहरीका लागि ३० करोड निकासा गर्छु भन्नुभयो। त्यही बेला मलाई राजा वीरेन्द्रको सम्झना भयो। आफ्नो हरेक सम्बोधनको अन्त्यमा पशुपतिनाथले रक्षा गरुन् भन्थे। उनको वंश नाश भयो।’
यसैगरी, आफ्ना हरेक सम्बोधनमा पशुपतिले कल्याण गरुन् भन्ने ज्ञानेन्द्र शाहको पनि शक्ति र सत्ता खोसिएको बताउँदै भने, ‘उनको पनि पशुपतिनाथले राम्रै कल्याण गरे। नारायणहिटीबाट निस्किनुपर्यो। अब ओलीजीलाई के कृपा गर्ने हो?’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने