बुधबार पोखराका ११३ जनाको परीक्षण गर्दा २३ जनामा कोरोना पुष्टि

बुधबार पोखराका ११३ जनाको परीक्षण गर्दा २३ जनामा कोरोना पुष्टि

Gandaki covid corona 5

पोखरा – बुधबार पोखराका २३ सहित गण्डकीमा थप २६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गण्डकीका चार जिल्लाका १८० जनाको स्वाब परीक्षण गरिएकोमा २६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज कास्कीका ११३, स्याङ्गजाका २८, बाग्लुङका १९ र म्याग्दी जिल्लाका २० जना गरी १८० जनाको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र र लाईफ केयर एण्ड डाइग्नोष्टिक प्रा.लि मा परीक्षण गरिएकोमा पोखराका २३ जना, स्याङ्गजाका १ जना, बाग्लुङका १ जना र म्याग्दीका १ जनामा कोरोना पुष्टि भएको हो  ।

आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ७ सय ५६ पुगेको छ । जसमा ३२५ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट ३६ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार २ सय २८ पुगेको छ, भने कोरोना संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०३ जनाले ज्यान गुमाईसकेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds