केपी ओली एक मिनेट पनि पदमा बस्ने आधार छैन: प्रवक्ता श्रेष्ठ

केपी ओली एक मिनेट पनि पदमा बस्ने आधार छैन: प्रवक्ता श्रेष्ठ

narayankaji

काठमाडौं – प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली एक मिनेट पनि पदमा बस्ने कुनै आधार नभएको दाबी गरेका छन् ।

बुधवार प्रचण्ड–नेपाल समूहको नेकपाले आयोजना गरेको विरोध सभामा बोल्दै नेता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ‘अवैधानिक’ भएको जिकिर गरे । ‘केपी ओली अहिले संसदको सदस्य छैनन्, यो कामचलाउन सरकार हुनसक्थ्यो तर यो अवैधानिक सरकार हो, प्रधानमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने आधार छैन,’ नेता श्रेष्ठले भने ।

साथै उनले प्रधानमन्त्री ओलीले अवैधानिक ढंगले सरकारमा बसिरहेको र संवैधानिक नियुक्ति गरेको आरोप समेत लगाए ।

केपी ओलीले फाँसीवाद लागू गर्दैछन्

श्रेष्ठले केपी ओली फाँसिस्ट भएको आरोप लगाए । तर, संविधानलाई उपहास गर्दै ओली फाँसीवादतिर लागेको उनले बताए । तर, नेपाली जनताले फाँसीवाद नसहने बताए । ओलीले लोकतन्त्रको रक्षा गर्ने भनेर ठट्टा गरेको श्रेष्ठले टिप्पणी गरे । ‘यो फाँसीवाद लागू गर्ने नयाँ तरिका हो’, उनले भने । चरणबद्ध भइरहेको जनप्रदर्शनको उद्देश्य प्रतिगामी कदम सच्याउँदै संसद् पुनर्स्थापना गर्नु र संवैधानिक निकायमा भएको असंवैधानिक नियुक्ति सच्याउनु रहेको प्रवक्ता श्रेष्ठले भने ।

ओली समूहबाहेक सवै शक्ति प्रतिगामी कदम विरुद्ध लडिरहेको श्रेष्ठले बताए । उनले केपी ओलीले फाँसीवाद र निरङ्कुशता लागु गर्न खोजेको आरोप लगाए । उनले केपी ओलीले विकासको नारा दिएर, संविधानमा कालो मसीले छोपेर फाँसीवाद ल्याउन खोजेको आरोप लगाए । साथै उनले चुनाव नगर्ने उद्देश्यले केपी ओलीले चुनाव घोषणा गरेको समेत दाबी गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ