एजेन्सी – चिसो मौसममा मानिसहरु शीतलहर र चिसोबाट बच्नका लागि विभिन्न उपाय अपनाउने गर्छन् तर भारतको उत्तर प्रदेशको महोबा जिल्लामा एक मानसिक रुपमा विक्षिप्त व्यक्तिले चिसोबाट बच्न निकै अचम्मको तरिका अपनाएका छन् ।
भारतीय सञ्चार माध्यमको रिपोर्ट अनुसार महोबा शहरस्थित पुरानो सब्जी मन्डी परिसर बाहिर एक मानसिक रुपमा विक्षिप्त व्यक्तिले चिसोबाट बच्नका लागि पाँच पाँच सयका थुप्र नोटहरुमा आगो लगाइदिए । त्यहाँ वरिपरि सरसफाईको काम गर्ने मानिसहरुलाई विश्वास गर्ने हो भने ती व्यक्तिले लाखौंको नगद, दुईवटा एन्ड्रोइड मोबाइल र सुन चाँदीको गहनासहित धारिलो हतियार पनि आगोमा स्वाहा बनाए ।

आजतकका अनुसार फोहोरमा लाखौंको नगद बालेर यी मानसिक रुपमा विक्षिप्त व्यक्तिले भने हास्दै भने, ‘के गरुँ, मलाई चिसो लाग्यो, जे भेटेँ त्यो बालेर शीतलहरबाट छुटकारा पाएँ ।’
घटनाबारे जानकारी पाउने बित्तिकै घटनास्थलमा पुगेको प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको बताइएको छ । प्रहरीले यो मामिलामा विभिन्न पाटोलाई ध्यानमा राखेर अनुसन्धान गरिरहेको छ । तर यहाँ प्रश्न उठ्छ कि यी व्यक्तिसँग यति धेरै नगद कहाँबाट आयो रु यो अचम्मको घटनामा प्रहरी प्रशासनले केही जानकारी दिएको छैन ।
सम्बन्धित खबर
एक अध्ययन भन्छ – माइलो सन्तान सबैभन्दा असल !
अमेरिकी २२ वर्षीय संगीतकारले एकैपटक पाँच महिलालाई गर्भवती बनाएपछि !
फेसबुकको नाम फेरे एलन मस्कले जुकरबर्गलाई १ अर्ब डलर दिने !
भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि पेट काटेर निकाले
गोरखामा स्वतन्त्र उम्मेद्वारको मत ‘शून्य’, आफ्नै मत हराएपछि अदालत जाने तयारी
बारम्बार निन्द्राबाट बिउँझनु असामायिक मृत्युको संकेत
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो