पोखराको वडा नं. १४ छिनेडाँडा स्थित नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज यस क्षेत्रमा होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीको पहिलो रोजाई हो भन्दा फरक नपर्ला ।
पोखरा ४, गैह्रापाटनमा सिटी कलेज पनि संचालन भइरहेको छ । प्लस टू होटल म्यानेजमेन्ट र ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) प्रोग्रामका कक्षा मूख्य कलेज छिनेडाँडामै हुन्छ भने ब्याचलर इन बिजनेस एड्मिनिस्ट्रेसन (बीबीए) र व्याचलर अफ विजनेस एड्मिनिस्ट्रेसन इन बैकिङ एण्ड इन्स्योरेन्स (बीबीए–बीआई) का कक्षा गैह्रापाटनमा हुँदै आएको छ ।
होटल म्यानेजमेन्ट कलेजबाट उत्तीण प्रायः सबै विद्यार्थी विभिन्न देशमा रोजगारीमा लागिरहेको कलेजका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । “नेपालकै पहिलो होटेल म्यानेजमेन्ट कलेज खोल्न सफल भयौं उनले भने हस्पिलालिटी क्षेत्रका लागि यो निकै ठूलो उपल्ब्धी हो । ४ वर्षे व्याचलर अफ होटल म्यानेजमेन्ट चलाउने पहिलो कलेज पनि नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज बन्न सफल भयो । कलेजमा अध्यान पछि स्वदेश तथा विदेशमा कुनै न कुनै क्षेत्रमा रोजगार साथै पेशा व्यावसाय गरिरहोका छन्”– उनले भने ।

कलेजमा अध्यान गरेका विद्याथीको माग स्वदेशमा मात्र नभई विदेशमा रहेको छ । आम्दानीको हिसाबले पनि मासिक लाखैँ रुपैयाँ सम्म पारिश्रमिक पाइने गरेको पालिखेले बताए । कलेजलाई इन्टरनेशनल एशोसिएसन अफ होटल स्कुल (ईहोफा) ले गत वर्ष मान्यताप्राप्त कलेजको दिएको उनले बताए ।
सुरुवातमा ७ जना बाट बीएचएमका कक्षा मात्र हुने गरेकोमा माग र समयको आवश्यकताअनुरुप सन् २००१ देखि प्लस टु र २००४ देखि बीबीए र सन् २००९ देखि बीबीए–बीआई कक्षा थपिएको छ प्रिन्सिपल प्रकाश रेग्मी बताउँछन् । हाल कलेजमा ७५० जना विद्यार्थी रहेको हालसम्म ९ सय बढी विद्यार्थी पास आउट भईसकेका छन् ।
दुई दशकसम्मको अनवरत प्रयास र गुणस्तरीय शिक्षा कै कारणले कलेजले सफलता हासिल गरेको रेग्मीले बताए । रेग्मीका अनुसार प्लस टू होटल म्यानेजमेन्ट र ब्याचलर अफ होटल म्यानेजमेन्ट –बीएचएम), ब्याचलर इन बिजनेस एड्मिनिस्ट्रेसन (बीबीए) र व्याचलर अफ विजनेस एड्मिनिस्ट्रेसन इन बैकिङ एण्ड इन्स्योरेन्स (बीबीए–बीआई) का कक्षा हुँदै आएको छ ।
‘व्यवस्थापनका विभिन्न कोर्समध्ये बीबीए सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान प्रदान गर्ने र व्यवस्थापकीय सीप सिकाउने विषय हो,’ उनी भन्छन्, ‘प्रविधिमैत्री वातावरणमा रहेर यो विषय अध्ययन गर्ने विद्यार्थीले व्यावहारिक क्षमता र सीप सिक्न पाउँछन’ । बीबीए अध्ययनमा विद्यार्थीलाई हरेक वर्ष प्रोजेक्ट वर्क र सेमिनारमा सहभागी गराइने भएकाले अनुभवी विद्यार्थीको उत्पादन हुन्छ ।’ पछि विभिन्न बैंक, बिमा कम्पनी, कर्पोरेट अर्गनाइजेसन, वित्तीय संस्थालगायत क्षेत्रमा रोजगारीको अवसर पाउँने साथै यस्ता हाल बैंक, कर्पोरेट संस्था, वित्तीय संस्था, बिमा कम्पनीहरुले बीबीए र बीबीए बीई उत्तिर्ण विद्यार्थीहरु आफूहरुसँग माग्ने गरेको रेग्मीको अनुभव छ ।

नाफाभन्दा सेवामूलक ध्येयका साथ खोलिएको हुँदा न्यून शुल्कमा विद्यार्थीले पढ्न पाएको उनको भनाई छ । प्लस टु पास गर्न लगभग ३ लाख, ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) को लगभग ७ लाख , बीबीए–बीआईको लगभग ४ लाख २४ हजार लाग्ने कलेजले जनाएको छ ।
छिनेडाँडा स्थित कलेजमा विद्यार्थीलाई सहज होस् भनेर पोखरामै पहिलो कलेज जहाँ लिफ्टको व्यवस्था गरिएको छ । यसरी सुविधा सम्पन्न ३ वटा आफ्नै बिल्डिङ छन् । सुन्दर मनमोहक वातावरण, स्वीमिङ पुल, बास्केट बल कोर्ट , भलिबल कोर्ट, लाइब्रेरी, कम्प्युटर ल्याब, तारे होटेलमा प्रयोग हुने सम्पूर्ण सामानहरु, सुविधा सम्पन्न रेष्टुरेन्ट, सभाहल साथै चाईनिज भाषा सिकाउने टिचरको पनि व्यवस्था रहेको छ ।
सन् १९९९ मा बीएचएम, २००४ मा बीबीए र २००९ मा बीबीए बीआई अध्यापन सुरु गरेको यस कलेजले आउँदा दिनमा थप कार्याक्रमहरु थप्र्ने योजना बनाएको छ ।
व्यवस्थापन , मानविकी संकायबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थी पनि बीबीएमा भर्ना हुन पाउँछन् । कम्तीमा सबै विषयमा डी प्लस ल्याउन सफल विद्यार्थीले कलेजमा आवेदन फर्म भर्न सक्छन् । बीबीएमा ४० भन्दा बढी विषय भएकाले विद्यार्थीले रोजेर फराकिलो ज्ञान हासिल गर्न सक्छन् । हरेक वर्ष यस कलेजले बीबीएमा ४८, बीबीएबीआईमा ४८ र बीएचएममा ९६ जना विद्यार्थी भर्ना गर्छ ।

बीबीए चार वर्ष वा आठ सेमेस्टरको कोर्स भएकाले यसको मान्यता संसारभर रहने रेग्मी बताउँछन् । हाल ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम), बीबीए र बीबीए–बीआईको भर्नाको आवेदन खुलेकोले विद्यार्थी तथा अभिभावकलाई कलेजमा आई सम्बन्धित प्रोग्राम को–अर्डिनेटरसँग भेटी आवश्यक परामर्श लिन आग्रह गरिएको छ । प्रिन्सिपल रेग्मीका अनुसार माघ २९ मा हुने प्रवेश परीक्षा हुनेछ ।
सम्बन्धित खबर
प्रतिभाका विद्यार्थीबीच ‘सीमसार बहस’
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
पृथ्वीनारायण क्याम्पसका प्रमुख प्राडा पाठकले पदभार ग्रहण गरे
कक्षा १० को परीक्षा प्रदेशमा हस्तान्तरण गर्छौं : शिक्षामन्त्री भट्टराई
प्याब्सन दिवसमा शान्ति निकेतनकी अदितिसँगै १७ जना सम्मानित
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार दीक्षित
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो