पोखरा, २७ माघ । संसद विघटन विरुद्ध नेपाली काँग्रेस, कास्कीले फागुन ३ गते पोखरा २६ कालिका चोकमा विरोधसभा गर्ने भएको छ । कास्की काँग्रेसको मंगलबारको बैठकले पोखराका विभिन्न पाँच स्थानबाट प्रदर्शनपछि कालिकाचोकमा प्रदर्शन गर्ने प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
विरोध सभाअघि वडा नं. १, २, ३, ४, ९, १६, १९ र २० का साथै माछापुच्छ«े गाउँपालिकाको ¥याली पार्टी कार्यालय चिप्लेढुंगाबाट निस्कनेछ । वडा नं. १८, २४, २५, १७, ५, ६, ७, ८, २१, २२, २३ र अन्नपूर्ण गाउँपालिकाको र्याली पोखरा जिरोकिलोमिटरबाट सुरु हुनेछ ।
त्यस्तै, वडा नं. ११, १२, १३ र मादी गाउँपालिकाको र्याली मियाँपाटन, वडा नं. १०, १४ र १५ को र्याली अमरसिंहचोकबाट निस्कनेछ । साथै, पोखरा वडा नं. २७, २९, ३०, ३१, ३२, ३३ र रुपा गाउँपालिकाको र्याली अर्घौंचोकबाट सुरु हुनेछ । पोखरा २८ र २६ को र्याली सिधै कालिकाचोक पुग्नेछ ।
बैठकले प्रदर्शनलाई व्यवस्थित र प्रभावकारी बनाउन पोखराका ३३ वटै वडामा जिल्लाका प्रतिनिधिहरु खटाएको छ । प्रतिनिधिहरुले आफ्नो जिम्मेवारीमा रहेका वडामा पुगेर प्रदर्शन केन्द्रित रहेर भेला तथा बैठक गर्नेछन् ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले पार्टीका भातृ तथा शुभेच्छुक संघसंस्थालाई आन्दोलनको तयारीमा जुट्न आह्वान गरेका छन् । उनले विरोध कार्यक्रममा सहभागी हुन स्थानिय नेता, कार्यकता, नागरिक समाज, उद्योगी व्यवसायी तथा पार्टीका शुभेच्छुक, लोकतन्त्रवादीहरुलाई अनुरोध गरेका छन् ।
बिरोधसभालाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले सम्बोधन गर्नेछन् ।
सम्बन्धित खबर
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते