शेयर बजारमा दैनिक कीर्तिमान कायम

शेयर बजारमा दैनिक कीर्तिमान कायम

shair bazer

 शेयर बजारमा कीर्तिमान रहने क्रम सोमबार पनि जारी रह्यो । बजार परिसूचक नेप्से ३७ अंकले उकालो लागेर २५ सय ६१ को उचाई कायम हुँदा कारोबारमा पनि कीर्तिमान कायम भयो ।

यस दिन साढें १० अर्ब माथीको कारोबार भयो ।

यस दिन बढी समूह उकालो लागे ।

यस दिन निर्जीबन बीमा, उत्पादनमूलक, लघुवित्त, जलविद्युत र व्यापार समूह बाहेक अरु समूह उकालो लागे ।

जीवन बीमा समूह सबैभन्दा उच्च २ सय ११ अंकले उकालो लाग्यो ।

विकास बैक समुह ८६ अंक, वाणिज्य बैंक समूह पनि समुह ६२ अंकले उकालिए ।

यस्तैै होटल र वित्त समुहमा पनि दाहोरो अंकको सुधार आयो ।

यस दिन ७५ कम्पनीको शेयर मुल्य बृद्धि हुदा ९३ कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ ।

६ कम्पनीको मुल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ६ कम्पनीको २ करोड बढी कित्ता शेयर १० अर्ब ६१ करोड बढीमा कारोवार भएको एक्सचेन्जले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds