केटु हिमाल आरोहीलाई पोखरामा नगर परिक्रमासहित भव्य नागरिक अभिनन्दन

केटु हिमाल आरोहीलाई पोखरामा नगर परिक्रमासहित भव्य नागरिक अभिनन्दन

RK_Pokhara-O7A3454

पोखरा । हिउँदको समयमा विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमलको सफल आरोहण गरेर कीर्तिमानी राख्न सफल दस नेपाली पर्वतारोहीलाई आज पोखरामा भव्य नागरिक अभिनन्दन गरिएको छ ।

सो टोलीलाई बाजागाजासहित पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईलगायत पर्यटन व्यवसायी सङ्घसंस्थाका प्रतिनिधिले पुष्पगुच्छा र खादासहित स्वागत गरेका थिए । आरोहीलाई विमानस्थलबाट पृथ्वीचोक, नयाँबजार, न्युरोड र सृजनाचोक हल्लनचोक परिक्रमा गरेर स्थानीय रिसोर्टमा सम्मान गरिएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले सामूहिक भावनामा विश्वास गरे सफल हुन सकिन्छ भन्ने सन्देश कीर्तिमानी आरोहीले दिन सफल भएको बताए । “हामी धेरैले सिक्नुपर्छ । आरोहीबाट व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक भावना विश्वास गर्न सके व्यक्तिले होइन देशले जित्छ, देशले जिते सबै नेपालीले जित्छन् भन्ने सन्देश मिलेको छ ।”, जिसीले भने । उनले हिमाल आरोहीले सच्चा नेपालीको पहिचान र परिचयलाई विश्वको इतिहासमा लेखाउन सफल भएको जनाउँदै सबै नेपालीले यसमा गर्व गरेको बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आरोहीको आँट, साहस र सामूहिक भावनाले देशलाई अन्तर्राष्ट्रियजगत्मा चिनाउन सफल भएको धारणा राखे । उनले यस्ता गतिविधिले नेपालको पर्वतीय पर्यटनलाई विश्व बजारमा पु¥याउन सफल हुने र पर्यटकीय गतिविधि बढ्ने विश्वास व्यक्त गरे । परिषद्का अध्यक्ष भट्टराईले विश्वमाझ नेपाललाई चिनाउन सफल कीर्तिमानी आरोहीहरुको साहसिक कदम र सामूहिक भावनाले नेपालीको शिरलाई निकै उचो बनाएको बताए ।

उनले देशले यस्ता ‘आइकन’हरुलाई उच्च सम्मान गर्न आवश्यक रहेको बताए । कोभिड–१९ को असरले पर्यटन क्षेत्रमा शिथिल बनेको अवस्थामा आरोहीले विश्वजगत्मा एक प्रकारको तरङ्ग ल्याएर नेपाल र नेपालीलाई चिनाउन सफल भएको उनको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का पूर्वाध्यक्ष अग्रज पर्यटन व्यवसायी गणेश भट्टराईले विश्वमा नेपाल हिमालले चिनिएको देश भएकाले निकै जोखिम मानिने केटु हिमालको सफल आरोहणले नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नेपाली एकअर्कालाई साथ र सहयोग गरेर जुट्न सक्छन् र एउटै उद्देश्यमा गोलबद्ध भएर लक्ष्य हासिल गर्न सक्छन् भन्ने सन्देश आरोहीले दिन सफल भएको बताए ।

कार्यक्रमका संयोजक ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल ९टान० पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले ‘किलर माउन्टेन’ भनेर चिनिने केटु हिमालको सफल आरोहणले नेपालको नामलाई विश्वमा चिनाउन सफल भएको बताउनुभयो । उनले “हामी जुट्याँै भने सफल भइन्छ भन्ने सन्देश दिन सफल साहसी नायकहरु ‘नेपाली डाइमन्ड’ भएको सङ्ज्ञा दिँदै आज विश्वले खोजिरहेको बताए ।

सगरमाथा उचाइ मापन आरोहण दलका संयोजक खिमलाल गौतमले हिमाल चढ्नु आफैँमा कठिन कार्य र त्यसमाथि हिउँदको समयमा केटु हिमाल आरोहण गर्नु मृत्युसँग जिस्कन पुगे जस्तै भएको बताए । “हिउँदको समयमा चढेर इतिहास लेखाउन धेरैले चाहेका थिए तर त्यो नाम लेखाउन नेपालीले मात्रै सके यो निकै गर्विलो पल हो”, गौतमले भने , “हिउँदको समयमा केटुको शिखरमा सामूहिक भावनाको सन्देशसहित नेपालको झण्डा फहराउने कार्य इतिहासमा कहिल्यै मेटिन सक्ने छैन ।”

प्यासिफिक एसिया ट्राभल एशोसिएशन इन्टरनेशनल ९पाटा०का महासचिव सुमन पाण्डेले आरोहीले नेपाली हर कुनै कार्यमा सफल हुन सक्छन् भन्ने सन्देश विश्वमा दिन सफल भएको बताए । कोभिड–१९ का कारणले शिथिल बनेको अवस्थामा कीर्तिमानी आरोहीको नागरिक अभिनन्दनले पोखरा सुरक्षित छ भन्ने सन्देशसमेत दिन सफल भएको उनको भनाइ थियो ।

सम्मानपश्चात् केटु हिमाल आरोही दलका निर्मल पुर्जाले ‘मभन्दा माथि उठेर हामी’ भन्ने भावना राख्न सके जुनसुकै कुरामा पनि सफलता हासिल गर्न सकिने बताए । “मैले चाहेको भए पहिलो पाइला चुचुरोमा राख्न सक्थे, तर मैले त्यो स्वार्थ त्यागेँ, हामी बीचमा भेट भयो र सामूहिक भावना लिएर सँगै चुचुरोमा पाइला राख्ने निधो ग¥यौँ, यसले हामीलाई ‘मबाट माथि उठाएर हामी’ भन्ने भावना पु¥यायो । यही सन्देश हामी सबैलाई दिन चाहन्छु ।”

सोही अवसरमा नेपाल पर्वतारोहरण सङ्घ गण्डकी प्रदेशको आयोजनामा गरिएको धम्पुस पिक ९थापा पिक ६०१९० आरोहण कार्यक्रममा गण्डकी प्रदेशका छ जना आरोहीले सफलतापूर्वक आरोहण गरेकाले आरोहीहरु टासी पासाङ, मन गुरुङ, सनकुमार जुग्जाली, दीपेशबाबु सुवेदी, सुदीप गौतम र हिराकुमारी मल्ल रहनुलाई पनि सम्मान गरिएको थियो । आरोही हिराकुमारी मल्लले धम्पुस पिक आरोहण गर्दाका अनुभव राखे ।

पाकिस्तानमा रहेको केटु हिमाल ९८६११ मिटर० नेपालका दस जना पर्वतारोहीले हिउँदको समयमा माघ ३ गते आरोहण गरेर इतिहास रचेका थिए । हिमाल आरोहण गर्ने निर्मल पुर्जाको आरोहण दलका नेपालीहरु मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा र अर्को आरोहण दलमा मिङमा जी शेर्पा, दावा तेञ्जिङ शेर्पा, किलु पेम्बा शेर्पा हुनुहुन्छ भने सेभेन समिट नामको आरोहणबाट सोना शेर्पाले सफल आरोहण गर्न सफल भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds