मेस्सीको गोलमा बार्सिलोनाको पुनरागमन जित, दोस्रो स्थानमा उक्लियो

मेस्सीको गोलमा बार्सिलोनाको पुनरागमन जित, दोस्रो स्थानमा उक्लियो

messi griezman barcilona

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पुनरागमन जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । बेटिसको मैदानमा एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्सिलोनाले पुनरागमन जित निकालेको हो ।

खेलको ३८औँ मिनेटमा बोर्जाले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । खेलको ५९औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १(१ गोलको बराबरीमा फर्काए ।

खेलको ५७औँ मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले दुई मिनेट पछि नै गोल गरेका हुन् । खेलको ६८ औँ मिनेटमा भिक्टर रुइजले आत्मघाती गोल गर्दा बार्सिलोना २-१ ले अघि रह्यो ।

७५औँ मिनेटमा भिक्टरले गोल गर्दै बेटिसलाई २-२ गोलको बराबरीमा ल्याए । खेलको ८७औँ मिनेटमा त्रिनकाओले गोल गर्दै बार्सिलोनालाई ३-२ को जित दिलाए ।

जितसँगै बार्सिलोना ४३ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । बेटिस ३० अंक जोडेर सातौँ स्थानमा रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ