टिकटकमा भिडियो बनाउने क्रममा एकपछि अर्को दुर्घटना भएको छ । गत पुस पहिलो साता टिकटक बनाउन झलुङ्गे पुलमा झुण्डिएका दाङको तुलसीपुरका एक युवकको पुलबाट लडेर गम्भीर घाइते हुन पुगेकोमा पछि मृत्यु भएको थियो । १५ दिन अघि पोखरामै छतबाट लडेर बालिकाको ज्यान गएको थियो ।
युवायुवती लोकप्रियता कमाउन चक्करमा धेरै दुर्घटना हुने गरेका छन् । बालबालिका भने देखासिकी गरेर ज्यान जोखिममा पार्ने गरेका छन् । नयाँ प्रयोग गर्ने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ कि करुणा चन्दले ज्यान गुमाएकी हुन् ।
प्रहरीका अनुसार शनिबार दिउँसोको समयमा कुर्सीमा चढेर पंखामा डोरी बाँधेपछि करुणाले घाँटीमा बाँधेर भिडियो खिच्न थालिन् । करुणासँग उनका कान्छो भाई पनि थिए । टिकटक बनाउने बेला करुणाले पंखामा झुण्डाएको डोरी आफ्नो घाँटीमा पनि बाँधिन् । सोही समयमा खुट्टामुनी रहेको स्टुल खस्न पुग्यो र करुणा पंखामा झुण्डिन पुगेको बताइएको छ ।
भाइ सानो भएकाले दिदीलाई बचाउन सकेनन् । उनले खेतमा रहेकी आमालाई घटनाबारे जानकारी गराए । घटनाबारे सुनेर उनकी आमा घर पुगेको तर त्यतिबेलासम्म करुणाले प्राण त्यागीसकेको प्रहरीले बताउँछ ।
केही वर्षअघि करुणाका दाईको पनि नहरमा डुबेर मृत्यु भएकोले परिवार अहिले शोकमा डुबेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं डिएसपी अमरबहादुर थापाले टिकटक बनाउने क्रममा करुणको ज्यान गएको पुष्टि गरेका छन् ।
असावधानी र अभिभावकको निगरानी नहुँदा बालबालिका मोबाइलको कुलतमा फस्दै गएका छन् । एक्लै अश्लिल भिडियो हेर्नेदेखि यस्तो ज्यानै जाने घटनासम्म पुग्न सक्ने हुनाले आफ्ना बालबालिका के गर्दैछन्, यसबारे अभिभावकले ध्यान दिनुपर्ने जरुरी देखिएको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो