पोखराको न्युरोडमा घरको छतबाट खसेर ३५ वर्षीया महिलाको मृत्यु

पोखराको न्युरोडमा घरको छतबाट खसेर ३५ वर्षीया महिलाको मृत्यु

death-ladera-

पोखरा । छतबाट खसेर पोखरामा एक महिलाको मृत्यु भएको छ ।

काठमाण्डौ महानगरपालिका घर भई हाल पोखरा महानगरपालिका -८ न्यूरोड डेरा गरी बस्ने ३५ वर्षीया चन्द्रलक्ष्मी श्रेष्ठ आफु बस्ने साढे दुई तले पक्की घरको छतबाट खसेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार छतबाट खसे लगत्तै गम्भीर घाईते उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ