पोखरामा लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

पोखरामा लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

pakrau

पछिल्लो समय पोखरामा सवारी चालक अनुमति पत्र बनाउने दलालहरुको विगविगि बढेको छ । कर्मचारीको मिलोमतोमा सेवाग्राहीसँग मोटो रकम लिएर लाइसेन्स बनाइदिने एक ड्राइभिङ सेन्टरका सञ्चालकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङग्जा वालिङ नगरपालिका १ स्थायी घर भई हाल जिल्ला पोखरा १४ चाउथेस्थित मेट्रो ड्राइभिङ स्कुल एण्ड प्रि टेष्ट सेन्टर प्रालिका सञ्चालक ४९ वर्षीय खगेन्द्रप्रसाद काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।

गत बिहिबार उनको साथबाट प्रहरीले विभिन्न व्यक्तिका कागजपत्र, लाइसेन्स ९३ थान, विभिन्न नमूना प्रश्नपत्र, नगद ८९९ हजार ६ सय २० रुपैयाँ र मोबाइल २ थान बरामद भएको प्रवक्ता हमालले जानकारी दिए ।

काफ्ले विरुद्ध ठगी सम्बन्धी कसुर अन्तर्गत दिन १० म्याद थप गरि अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ