भ्यालेन्टाइन विक प्रारम्भ, यस्ता छन् महत्व

भ्यालेन्टाइन विक प्रारम्भ, यस्ता छन् महत्व

valentine day

यस वर्षको भ्यालेन्टान विक आज आइतबारदेखि प्रारम्भ भएको छ । भ्यालेन्टाइन विकको पहिलो दिनलाई रोज डेको नामले मनाइन्छ ।

भ्यालेन्टाइन विक आज ७ फेब्रअरीदेखि प्रारम्भ भएर १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स डेसम्म चल्ने छ ।

भ्यालेन्टाइन डेको पहिलो दिन मायालु जोडीहरुले एक–अर्कालाई गुलावको फूल दिएर भ्यालेन्टाइन्स डेको शुभकामना दिन्छन् र आफ्नो प्रेमलाई व्यक्त गर्छन् ।

हरेक वर्ष १४ फेब्रुअरीका दिन भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवस मनाउने गरिन्छ । त्यसै पनि फेब्रअरी महिनालाई प्रेमको महिना मानिन्छ ।

त्यसमा पनि फेब्रअरी महिनाको दोस्रो साता नै प्रेममय हुन्छ । फेब्रअरी १४ का दिन भ्यालेन्टाइन्स डे मनाइए पनि उक्त दिनभन्दा एक साता अघिदेखि नै भ्यालेन्टाइ विक प्रारम्भ भैसकेको हुन्छ ।

भ्यालेन्टाइन्स विकका हरेक दिन कुनै न कुनै रुपले प्रेमको प्रतिकको रुपमा रहने गरेका छन् । यहाँ हामी भ्यालेन्टाइन्स विकका आठै दिनको महत्वका बारेमा चर्चा गर्दैछौं ।

पहिलो दिन : रोज डे

फेब्रुअरी महिनाको ७ तारिकका दिनदेखि भ्यालेन्टाइन्स विक प्रारम्भ हुन्छ । विकको पहिलो दिनलाई रोज डे भनिन्छ । भ्यालेन्टाइन्स विकको थालनी गुलावको वासना र सुन्दरताको साथमा हुन्छ । यो दिन मायालु जोडीहरुले एक–अर्कालाई गुलावको फुल दिएर आफ्नो प्रेम व्यक्त गर्छन् । यदि कोहि मन परेको छ र आफ्नो मनको भावना व्यक्त गर्न सकिएको छैन भने यो दिन गुलावको फुलमार्फत आफ्नो भावना व्यक्त गर्न सकिन्छ । प्रेम व्यक्त गर्न रातो रंगको गुलावको फुल उपहारको रुपमा दिनु पर्ने मान्यता छ ।

दोश्रो दिन : प्रपोज डे

फेब्रुअरी ८ का दिन प्रपोज डे मनाउने गरिन्छ । यदि कुनै व्यक्तिसंग अथाह प्रेम छ र उसलाई यो कुरा व्यक्त गर्न मन छ भने यो दिन प्रपोज अर्थात प्रस्ताव राख्दा राम्रो हुन्छ । पहिला नै कसैलाई प्रपोज गरिएको छ भने अथवा रिलेशनशिपमा भएका जोडीहरुको लागि यो दिन रोमान्टिक डेट जाँदा पनि हुन्छ ।

तेश्रो दिन : चकलेट डे

भ्यालेन्टाइन्स विकको तेस्रो दिन अर्थात फेब्रुअरी ९ तारिकका दिन चकलेट डे मनाइन्छ । त्यसै पनि चकलेट सबैलाई मनपर्ने खाद्य पदार्थ हो । तनाव कम गर्न तथा अरुलाई आफ्नो माया देखाउन र प्रेम व्यक्त गर्नका लागि हामी चकलेटको प्रयोग गर्छौं । भ्यालेन्टाइन्स विकको तेस्रो दिन प्रेम जोडीहरुले एक–अर्कालाई चकलेट दिएर खुशी साटासाट गर्छन् । जसले उनीहरुको जीवनमा चकलेट झैं मिठास बनिरहन्छ भन्ने विश्वास गरिन्छ ।

चौथो दिन : टेडी डे

टेडी बियर जस्तै मानिसको मन पनि कोमल र संवेदनशील हुन्छ । मनको कोमलताको अनुभव प्रदान गर्नको लागि भ्यालेन्टाइन्स विकको चौथो दिन अर्थात १० फेब्रुअरीमा टेडी बियर उपहारको रुपमा दिने प्रचलन छ । युवतीहरुलाई यो कोमल खेलौना निकै मनपर्छ भन्ने विश्वास गरिन्छ । टेडीलाई अंकमाल गरेर सुत्न र यो खेलौनासंग कुराकानी गर्न पाउँदा उनीहरु निकै खुशी हुन्छन् ।

पाँचौं दिन : प्रमिस डे

भ्यालेन्टाइन्स विकको पाँचौं दिन अर्थात फेब्रुअरी ११ का दिन प्रमिस डे मनाइन्छ । भनिन्छ, प्रेम गर्न जति सजिलो हुन्छ, त्यो भन्दा गाह्रो यसलाई सम्हाल्न हुने गर्दछ । यो दिन प्रेमी जोडी एक–अर्कासंग जिन्दगी भरको लागि विशेष कसम खाने गर्दछन् ।

छैठौं दिन : हग डे

भ्यालेन्टाइन्स विकको छैठौं दिन अर्थात फेब्रुअरी १२ का दिन हग डे मनाउने गरिन्छ । प्रेममा अंगालो मार्नुको आफ्नै मिठास छ । यो दिन प्रेमि–प्रेमिकाले अंकमाल गरेर एक–अर्कालाई प्रेम अभिव्यक्त गर्दछन् । यही दिन प्रेमि–प्रेमिकाले अंकमालकै क्रममा एक–अर्कालाई कति माया गर्छन् भन्ने कुराको मूल्यांकन समेत गर्न पाउँछन् ।

सातौं दिन : किस डे

भ्यालेन्टाइन्स विकको सातौं दिन अर्था फेब्रुअरी १३ का दिन किस डे मनाइन्छ । प्रेम व्यक्त गर्नका लागि मायाले भरिएको एउटा चुम्बन नै पर्याप्त हुन्छ भन्ने अवधारणाले यो दिवस मनाउने गरिएको हो । यो दिन प्रेमि–प्रेमिकाले एक–अर्कालाई चुम्बन गर्दै आफ्नो प्रेम व्यक्त गर्न सक्छन् ।

अन्तिम दिन अर्थात भ्यालेन्टाइन्स डे

भ्यालेन्टाइन्स सप्ताहको अन्तिम तथा सबैभन्दा विशेष दिन हो १४ फेब्रुअरी अर्थात भ्यालेन्टान्स डे । यो दिन प्रेमि–प्रेमिकाहरुका लागि कुनै उत्सव भन्दा कम हुँदैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds