काठमाडौंमा आज बिहानको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको छ । त्यसैले आज बिहान अत्यधिक चिसो महसुस भएको छ ।
गत पुस १६ गते काठमाडौंको न्यूनतम तापक्रम ०.८ डिग्री सेल्सियससम्म झरेको थियो । यो नै यस वर्षको सबैभन्दा कम तापक्रम हो ।
मौसमविद सजिना शाक्यका अनुसार आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस थियो । साढे ७ बजेको न्यूनतम तापक्रम भने बढेर २ डिग्री सेल्सियस पुगेको छ । बिहानपख जाडो भए पनि दिउँसोदेखि भने न्यानो हुने अनुमान मौसमविदले गरेका छन् । मौसमविद शाक्यले भनिन्, ‘बिहान चिसो महसुस भए पनि दिउँसो भने हिजोको भन्दा न्यानो हुन्छ ।’
पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि पश्चिम नेपालबाट मौसम बदली सुरु भएको थियो । यो प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेको छ । त्यसैले अब मौसममा क्रमिक सुधार हुँदै जाने छ ।
पश्चिमी वायुको न्यून चापीय प्रणालीको प्रभावका कारण धेरैजसो स्थानमा हिउँदे वर्षा हुनुका साथै उच्च पहाडी भागहरुमा हिउँ परेको थियो । काठमाडौं उपत्यका वरपरका अग्ला डाँडाहरुमा पनि हिउँ पर्दा चिसो महसुस भएको छ ।
पश्चिमी वायुको यो प्रभाव हटेपछि गर्मी सुरु हुने मौसमविदले बताएका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन