ईक्यान कास्कीको अध्यक्षमा तिवारी

ईक्यान कास्कीको अध्यक्षमा तिवारी

ecan kaski

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीको अध्यक्षमा इविन्द्रराज तिवारी चयन भएका छन् ।

शनिबार पोखरामा सम्पन्न संघको नवौं वार्षिक साधारणसभा तथा पाचौं अधिवेशनबाट अध्यक्ष  तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

तिवारीको १६ मत आउँदा प्रतिस्पर्धी सन्दिप अर्यालको १४ र रुद्रप्रसाद अर्यालको ८ मत आएको थियो । उपाध्यक्षमा ओमप्रकाश गैरे र कोषाध्यक्षमा युवराज पौडेल सर्वसम्मत भए ।

सदस्यमा धनबहादुर साही (सन्तोष साही), गणेशबहादुर कार्की, कमल बराल र प्रतिभा गैरे निर्वाचित भएका छन् । ४ जना सदस्यका लागि १० जनाले प्रतिस्पर्धा गरेका थिए । संघका निवर्तमान अध्यक्षमा भुवन क्षेत्री पदेन सदस्य हुनेछन् । खाली रहेको सचिव पद कार्यसमितिले मनोनयन गर्ने अध्यक्ष तिवारीले जानकारी दिए ।

संघमा आबद्ध सम्पूर्ण शैक्षिक परामर्श दातृ व्यवसायीहरुलाई समेटेर आफूले संस्थाको नेतृत्व गर्ने नवनिर्वाचित अध्यक्ष तिवारीले प्रतिबद्धता व्यक्त गरे । इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds