शनिबारसम्म गण्डकीमा १८ हजार ४ सय ७२ ले लगाए कोरोना विरुद्धको खोप, थप १२ जनामा कोरोना पुष्टि

शनिबारसम्म गण्डकीमा १८ हजार ४ सय ७२ ले लगाए कोरोना विरुद्धको खोप, थप १२ जनामा कोरोना पुष्टि

vaccine

पोखरा– शनिबार पोखराका ११ सहित पर्वतमा १ जना गरी गण्डकीमा थप १२ जनामा कोरोना पुष्टि भएको छ ।

आज गण्डकीका लमजुङ, कास्की, पर्वत र बाग्लुङका गरी १३५ जनामा गरिएको परीक्षणमा थप १२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ६ सय ५१ पुगेको छ । जसमा ३६३ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट २२ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ८५ पुगेको छ भने, कोरोना संक्रमणकै कारण गण्डकीमा २०३ जनाले ज्यान गुमाईसकेका छन्।

यस्तै गण्डकीमा आज ६१५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यो संगै, गण्डकीमा हालसम्म कोरोना विरुद्धको खोप लगाउनेको कूल संख्या १८ हजार ४ सय ७२ पुगेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds