पोखरामा ग्यास विस्फोट हुँदा एक महिला घाइते

पोखरामा ग्यास विस्फोट हुँदा एक महिला घाइते

gas blast

file photo

पोखरामा ग्यास सिलिण्डर विस्फोट हुँदा एक महिला घाइते भएकी छन् ।

पोखरा महानगरपालिका ३३, बहुमारा गण्डकीवेशीका धनबहादुर थापाको घरमा ग्यास सिलिण्डर पड्किँदा थापाकी श्रीमती पद्मा कुमारी थापा घाइते भएकी हुन् ।

सिलिण्डर पड्किएर उछुट्टिएको आगो शरीरमा सल्किँदा उनी घाइते भएकी हुन् ।

घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
सिलिण्डर पड्किँदा थापाको पक्की घरको गाह्रो चर्किनुका साथै झ्याल र ढोका पूर्णरुपमा क्षति भएको गण्डकी प्रदेश प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ