यही माघ २७ देखि फागुन १ गतेसम्म आयोजना हुने ‘प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ ।
आयोजक संस्था टाइगर ग्रुप अफ पोखराले आज पोखरा रङ्गशालामा पत्रकार सम्मेलन आयोजना गरी रङ्गशालाभित्रको भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ चार गरी आठ टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने तय भएको ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा महिलातर्फ तीन विभागीय टोली सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा न्यू डाइमण्ड एकेडेमी काठमाडौँले प्रतिष्पर्धा गर्नेछन् भने पुरुषतर्फ आयोजक गण्डकी प्रदेश, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले उपाधिका लागि खेल्नेछन् ।
प्रतियोगिताका माध्यमबाट नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।
‘राउण्ड रोविन लिग’का आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान रु एक लाख ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेताले रु ७५ हजार र तृतीयले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान रु २०-२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्ने ग्रुपका सचिव प्रकाश बरालले जानकारी दिए ।
प्रतियोगितामा पहिलो चरणको खेलका लागि टिकट दर रु १०० तोकिएको छ भने सेमिफाइनलका लागि रु १५० र फाइनल खेलका लागि २०० रहेको छ । वर्षभरी नियमित खेलकूद प्रतियोगिता भइरहने पोखरामा कोभिड–१९ पछि लामो समय खेलकूद गतिविधि ठप्प रहेको थियो । गत मङ्सिर पहिलो सातादेखि सरकारले खेलकूद क्षेत्र खुला गर्ने निर्णय गरेपछि त्यहाँ खेल प्रशिक्षण शुरु भएकामा विस्तारै प्रतियोेगिता शुरु हुन लाग्दा खेलाडी तथा खेलप्रेमी उत्साहित भएका छन् ।
कोरोनाले फुटबल, भलिबललगायत खेलका प्रतियोगिता करीब नौ महिना रोकिएकामा माघ अन्तिमदेखि रङ्गशालामा प्रतियोगिताका धमाधम मिति तोकिएकाले खेलकूद चहलपहल बढेको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले बताए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने